पर्यटक र शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगती गर्दै रामारोशन गाउँपालिका

पर्यटक र शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगती गर्दै रामारोशन गाउँपालिका

रचना तिमल्सिना
माघ १०, रामारोशन गाउँपालिका । अछाम जिल्लाको रामारोशन गाउँपालिकामा पर्यटक र शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगती भएको छ । पर्यटकीय क्षेत्रको हिसाबले निकै महत्वपूर्ण स्थान रहेको अध्यक्ष श्री झंकर बहादुर साउँदले भन्नुभयो ।

पालिका भित्र जम्मा १२ वटा ताल रहेको छ सो कारणले यस क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकहरु आउँने गरेको हुनाले आवश्यक सुधार गर्ने कार्य भइरहेको अध्यक्ष साउँदले बताउनु भयो । शैक्षिक क्षेत्रमा पनि यस पालिकाले उक्तिकै प्रगति गरेको छ । पालिकाको सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षामा विशेष जोड दिदैं आईरहेको साउँदले जनाउनु भयो ।

स्थानीय सरकारको व्यवस्थापन र आफु निर्वाचन भए पश्चात भौतिक पुर्वाधारहरुको काम चौतर्फी रुपमा भइरहेको अध्यक्ष साउँदको भनाई छ । पालिकादेखि वडा कार्यलयसम्म जोड्ने मुख्य सडक पीच गर्नुका साथै सडक नपुगेको ठाउँमा निर्माण गर्ने कार्य भइरहेको साउँदको दावी छ । पालिकाले रिङरोडको निर्माणको लागि डि.पी.सी तयार भएको उहाँले भन्नुभयो ।

खानेपानी निर्माणको लागि यस पालिकाले एक घर एक धाराको अभियान सञ्चालनद्धारा प्रत्येक टोलटोलमा खानेपानी पु¥याउने काम भइरहेको अध्यक्ष साउँदले बताउनु भयो । विगतको तुलनामा यस पालिकाले विकास निर्माणको काममा उल्लेखनीय प्रगति गर्दै आइरहेको छ । समग्रमा स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलााई समेट्दै समृद्धिको बाटोमा अघि बढीरहेको अध्यक्ष साउँदले भन्नुभयो ।

यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि पालिकाले टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गर्दै नागरिकहरु समक्ष सचेतना गराएको अध्यक्ष साउँदले बताउनु भयो । कोरोनाबाट प्रभावित भएका नागरिकहरुको लागि पाँच शैयाको हस्पिटल, क्वारेन्टाइन र होम आइसोलेशनको व्यवस्था गरेको अध्यक्ष साउँदले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्