पक्राउ परेका ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले सार्बजनिक गर्यो, ऐन अनुसार यस्तो सजाय हुन सक्ने

पक्राउ परेका ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले सार्बजनिक गर्यो, ऐन अनुसार यस्तो सजाय हुन सक्ने

काठमाडौँ/विभिन्न युटुब च्यानलहरुमा यही जेठ महिना भित्रै केही जिल्लाहरुको नामै किटेर ती जिल्लाहरुमा केन्द्रविन्दु भई महाभूकम्प आउँछ भन्ने निराधार हल्ला फैलाएको आरोपमा पक्राउ परेका ज्योतिषी अर्जुन क्षेत्रीले प्रहरी नै चकित पर्ने बयान दिएका छन् ।

३६ वर्षीय क्षेत्रीले अनुमानकै भरमा भविष्णवाणी गरेको बयान प्रहरीलाई दिएपछि प्रहरी नै चकित परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएर बयान लिने क्रममा अनुमानकै भरमा सो कुरा बताएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका क्षेत्रीलाई मंगलबार गौशालाबाट पक्राउ गरिको हो । सिनामगंलमा काशी विश्वनाथ रत्न प्रा।लि। कार्यालय सञ्चालन गर्दै आएका क्षेत्रीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यूट्यूव भिडियोमा जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने बताएपछि उनी झनै चर्चामा आएका थिए । पक्राउ परेका क्षेत्रिमाथि भुकम्प विपद् जोखिम तथा न्युनिकरण व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख सम्म जरीवाना हुनसक्ने बताइएको छ ।

प्रहरीले उनलाई पक्राउ गरेपछि यस्तो अवस्थामा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्