नेपाल– भारत युद्धको सम्भावना कति ?

नेपाल– भारत युद्धको सम्भावना कति ?

नयाँपुल टिम

काठमाडौं । सदियौंदेखि एक आपसमा मिलेर बसेका भारत र नेपालको सम्बन्धमा चिसोपना आएसँगै भारतीय मिडियाहरुले यतिखेर नेपालमाथि चौतर्फी आक्रमण सुरु गरेका छन् जसले यी दुई देशको जारी सिमा लगायतका विवादले भविष्यमा युद्धको सम्भावनालाई पनि उजागर गरिदिएको छ । खासगरि, भारतका दुई चर्चित मिडियाहरु एविपी र जी न्यूजले हरेक घण्टा नेपालले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेकलाई समेटर नयाँ नक्शा जारी गरेको, प्रधानमन्त्री केपि शर्मा ओलीको भनाईसहित चीनको उक्साहट जस्ता विषयलाई मसला बनाएर संसारभर फैलाईरहेका छन् ।


गत साता भारतले आफ्ना सेना प्रमुखलाई नेपाल विरुद्ध बोल्न लगाएर नेपाल भारतको सिमा विवादलाई फौजी जवाफ दिएको थियो । विशेषगरि, उत्तरी छिमेकी चीनको उक्साहटमा लागेर नेपालले भारतसँग दुस्मनी मोलेको र नेपाल सानो भाई भएको जस्ता टिप्पणीहरु यतिखेर भारतका मिडियामा यत्रतत्र सुनिन्छ ।
वैशाख ७ गते जी न्युजले नेपालको सेनाका संख्या, युद्ध क्षमता र हात हतियारलाई भारतसँग दाजेर रिपोर्ट प्रशारण गरेको थियो । भारतीय मिडियाका कभरेजहरुले नेपाल र भारत करिव – करिव युद्धको अवस्थामा पुगेको झझल्को दिन्छ जबकी दुई देशबीचको सम्बन्ध त्यहाँसम्म पुगेको देखिन्न । यद्यपी, नेपाल सरकारद्धारा जारी गरिएको नयाँ नक्सालाई भारत सरकारले आधिकारिक रुपमै अस्वीकार गर्दै एकतर्फी कदमको आलोचना गरेको छ ।

युद्धको सम्भावना कति ?

अहिलेकै अवस्थामा युद्धको सम्भावना नभएपनि दुई देशका विवादित विषयहरु न्यायोचित ढंगले समाधान नगरिए निकट भविष्यमा नेपाल – भारत युद्धलाई नर्कान भने सकिन्न । भारतीय मिडियाहरुले नेपाल भारत युद्ध भएपनि भारतको लागि कुनै ठूलो विषय नभएको भन्दै सजिलै पराजित गर्न सकिने तर चीन थपिए भारतलाई अप्ठ्यारो पर्ने बताइरहेका छन् ।


हाल भारतको जनसंख्या १ अर्व ३७ करोड भन्दा बढि छ भने नेपालको २ करोड ९० लाख छ । नेपालमा करिव ९५ हजार सैनिक छन् भने भारतसँग साँढे १४ लाख छन् । भारत निन्तर माओवादी र पाकिस्तानी सेनाहरुसँग झमेलामा पर्दै आएको छ तर शान्ति सम्झौता पछि नेपालमा कुनै पनि प्रकारका सैनिक गतिविधिहरु भएका छैन्न त्यसकारण धेरै जनसंख्या, ठूलो भूगोल, छिमेकी देश र चीनसँगको निरन्तर लफडाको माझ नेपालको तुलनामा भारतसँग सैनिक, गोला बारुद लगायत युद्ध सामग्री धेरै गुणा बढि छ । यति हुँदा – हुँदै पनि विगतमा लडाकुको देश भनेर चिनिएको र स्वंम भारतले पनि गोरखा फौजको खुलेरै प्रशंसा गर्ने गरेकाले उसले नेपाललाई सजिलै परास्त गर्छु भन्ने मान्यता राखेको छैन् । भारतीय मिडियाले जनाए अनुसार नै यदि चीनले पनि नेपाललाई सैन्य सहायता गर्ने हो भने भारतको लागि नेपालसँगको शत्रुता महङ्गो सावित हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्