नेकपा रामेछापका पदाधिकारीद्धारा पद तथा गोपनियताको सपथ ग्रहन

नेकपा रामेछापका पदाधिकारीद्धारा पद तथा गोपनियताको सपथ ग्रहन

रामेछाप/पार्टी एकतापछि बनेको नेकपा रामेछापका जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरुले नेकपा प्रदेश नम्बर ३ की ईन्चार्ज अष्टलक्ष्मी शाक्य , अध्यक्ष नारायण दाहाल , सचिव आनन्द प्रसाद पोखरेल , केन्द्रीय सदस्यहरु देवशंकर पौडेल , श्याम कुमार श्रेष्ठ , कमल प्रसाद चौलागाई,माधव ढुंगेल लगाएतको उपस्थितीमा पद तथा गोपनियताको सपथ ग्रहन गराइएको हो । जिल्ला अध्यक्ष मैन कुमार मोक्तान (मदन) , सचिव शान्तिप्रसाद पौडेल सहित १ सय ३३ जनाले पद तथा गोपनियताको सपथ लिएको नेकपा रामेछापले जनाएको छ । पद तथा गोपनियताको सपथ लिदै नेताहरुले पार्टी कमिटि बनेसंगै तल्लो तहमा पार्टीको गतिविध थप सशक्त बन्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्