निर्माण कम्पनी समृद्धीको संवाहक भएको रबी सिंहको दावी

निर्माण कम्पनी समृद्धीको संवाहक भएको रबी सिंहको दावी

काठमाडौं/आन्दोलनरत नेपाल निर्माण व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष रबी सिंहले निर्माण कम्पनीलाई हेर्ने दृष्टिकोणमा सरकार परिवर्तन हुने हो भने आफूहरु सरकारसँग काँधमाकाँध मिलाएर जान तयार रहेको बताएका छन् ।

सरकारले हालै गर्न थालेको खरिद नियमावली संशोधनको धेरै भाग स्वागत योग्य भएपनि त्यसमा भएका केही कुरा निर्माण उद्योगको हित विपरित भएको अध्यक्ष सिंहको भनाई रहेको थियो । निर्माण ढिलाई हुनु र गुणस्तरीय नहुनुमा निर्माण कम्पनीको मात्र दोष नभएर सम्बन्धीत निकाय अझ बढी दोषी रहेको सिंहको आरोप रहेको थियो ।

समृद्धीको संवाहकका रुपमा रहेको निर्माण कम्पनीलाई सरकारले प्रोत्सान गर्नुको सट्टा सबै नराम्रो कामको दोष उसको टाउकोमा थोपरी दिएर हतोत्साही गर्न थालको पनि सिंहको आरोप छ । संशोधन प्रकृयामा रहेको खरिद नियमावलीका केही बुँदाका विषयमा सरकारलाई सचेत गराउँदा गराउँदै पनि सुनुवाई नभएपछि आफूहरु बाध्य भएर संघर्षको कार्यक्रम घोषणा गरेको पनि सिंहको भनाई रहेको थियो ।

सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन निर्माण कम्पनीको ठूलो योगदान हुने भएकोले सरकारले यो शक्तिको मागलाई वेवास्ता गर्न नहुने अध्यक्ष सिंहको भनाई रहेको थियो । खरिद नियमावलीमा उल्लेख भएका कुराहरुमा कालो सूचीमा राख्ने आयोजनाको म्याद थप नहुने, काम गर्नबाट बञ्चित गराउने विषयमा ध्यानाकर्षण भएको जनाउँदै अध्यक्ष सिंहले ती कुरालाई लागू गराउन राज्यका संयन्त्र पनि त त्यही अनुरुप चल्नुपर्ने बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्