नलगाड नगरपालिकाको कर्मचारीमा कोरोना संक्रमण पुष्टि

नलगाड नगरपालिकाको कर्मचारीमा कोरोना संक्रमण पुष्टि

जाजरकोट । हाल महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको छ । यस महामारीको असर नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको हुनाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि बढ्दै गएको देखिन्छ । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण हुन्छ । नेपाल मिडिया सेन्टरले नलगाड नगरपालिका स्वास्थ्या शाखाका कर्मचारी प्रचण्ड कार्कीलाई नगरपालिकामा कोरोनाको अवस्थाको कस्तो छ र रोकथामको लागि नगरपालिकाले के कस्ता प्रयासहरू गरिरहेको छ भन्ने प्रश्नहरू सोधेका थियौँ । उहाँले नगरपालिकामा महामारीले भयावह रूप नलिएको तर सावधानी अपनाइरहेको बताउनुभयो । नगरपालिकामा २ जना व्यक्तिलाई संक्रमण देखिएका मध्येमा १ जना ठीक भइसकेका छन् भने १ जना आइसोलेसनमा उपचाररत रहेको कार्कीले बताउनुभयो । संक्रमित भएका व्यक्तिमध्ये एकजना नगरपालिकाकै स्वास्थ्यको कर्मचारी रहेको उहाँले बताउनुभयो । त्यसैगरी हालसम्म नगरमा ४५३ जनाको पि.सि.आर परीक्षण भइसकेको कार्कीले बताउनुभयो । नगरमा एउटा क्वारेन्टाइन व्यवस्था गरिएको छ भने हाल क्वारेन्टाइनमा बस्नेको संख्या ९ जना रहेको उहाँले जानकारी गराउनुभयो । कोरोनाको थप नियन्त्रण तथा न्यूनिकरणको लागि नगरपालिकाले टोलटोलमा माइकिङ गरेर स्थानीयहरूलाई सचेत गराइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्