धादिङमा तीन ओटा गाडी एक–आपसमा ठोक्किदा दुई जनाको मृत्यु

धादिङमा तीन ओटा गाडी एक–आपसमा ठोक्किदा दुई जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

काठमाडौं /धादिङको बेनिघाटमा आइतवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभीरमा तीनवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए ।

काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा जुधेको प्रहरीले जनाएको छ । माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत बस, माइक्रोबस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएको प्रहरीले बताएको छ।

दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं पठाइएको डीएसपी खड्काले जानकारी दिए । अन्य ७ जनाको गजुरी र २ जनाको चरौंदीमा उपचार भइरहेको छ । अन्य केही भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेको डीएसपी खड्काले बताए ।र्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्