धनुषाधाम नगरपालिकामा बम विस्फोट, मेयर भन्छन: तनाबमा छु

धनुषाधाम नगरपालिकामा बम विस्फोट, मेयर भन्छन: तनाबमा छु

धनुषा । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ ।

बुधबार राती साढे ९ बजेतिर नगरपालिकाको वडा नम्बर ३ मा रहेको कार्यालयमा वम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । धनुषाधाम नगरपालिका कार्यालयलाई नै लक्षीत गरेर  बम विस्फोट गरीएको बुझीएको छ ।

नगरपालिकको वडा नम्बर ३ स्थित पुरानो धर्मशाला पूर्वपट्टी रहेको नगरपालिकाको सभाहलको पर्खालमा बमले क्षति पुर्याएको छ । प्रहरी निरीक्षक हिरण यादवले राति गस्तीमा भएको बेला बिस्फोट वारे जानकारी पाएको बताए । रातिको समयमा त्यसबारे थप विवरण नपाएपछि बिहिबार बिहानै प्रहरी पुनः सो स्थानमा पुग्दा नगरपालिकको प्रयोग विहीन हलमा भ्वाङ परेको र प्रेसर कुकर बम विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताएका छन् ।

बम बिष्फोटको धनुषाधाम नगरपालीकाका मेयर वालेश्वर मण्डलले घटना सुनेर आफु दुःखीत भएको नयाँपुल अनलाइनललाई बताए । आफु अहीले नगरपालीकाको कामले काठमाण्डौ आएको उनले बताए । म अहीले निकै तनावमा छु, काठमाण्डौबाट फर्कीएछी घटनाको सत्यतथ्य छानबिन गर्छु,- उनले भने ।

बम कसले र किन पडकायो त्यो यकिन हुन नसकेको पनि निरीक्षक यादवले बताए । विप्लव नेकपाले विस्फोट गराएको हुन सक्ने अनुमान गरिएपनि जिम्मा अहिलेसम्म कसैले न लिएको छैन ।

बम विस्फोटमा कुनै किसिमको मानवीय क्षति नभएको र अहिले अवस्था समान्य रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन् । घटनास्थलमा अहिले थप अनुसन्धान कार्य अगाडि बढाएको यादवले सञ्चाकर्मीलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्