दोलखामा कांग्रेस ब्युझाउने प्रयास:कम्युनिष्ट नेताको व्यङ्ग

दोलखामा कांग्रेस ब्युझाउने प्रयास:कम्युनिष्ट नेताको व्यङ्ग

दोलखा । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका वडा नं. ५, सहरेमा आज गाउँपालिकाका दलितहरुको भेला चलिरहदा सहभागीहरुको चासो भने दोलखामा फेरि कांग्रेस व्युझेर गत निर्वाचनमा व्यहोरेको ठूलो मतान्तरसहितको पराजयको जवाफ दिन सक्ला कि नसक्ला भन्ने मै थियो । नेविसंघका पूर्व महामन्त्री तथा यूवा नेता कुन्दनराज काफ्लेको अभिव्यक्ति र सक्रियतालाई नियाल्दा आफ्नै गाउँपालिकामा निरन्तर कमजोर बनिरहेका कांग्रेसीजनहरुलाई व्युझाउने प्रयासको रुपमा आजको कार्यक्रमलाई बुझ्न सकिन्थ्यो तर उनीसँग मञ्चमा आज जिल्लाका नेताहरु भने देखिएन्न ।

 जातिय विभेद अन्त्य गरौं भन्ने नारा दिएर आयोजना गरिएको कार्यक्रममा जिल्लाका केहि सञ्चारकर्मिहरुलाई पनि मञ्चमा स्थान दिइएको थियो । सहरेमा हरेक जसो कार्यक्रममा चल्ने गरेको पार्टी प्रवेशको शृखलाले आज पनि निरन्तरता पायो तर प्रवेश गर्नेहरुको पार्टीगत पहिचान भने खासै सुनिदैन् । त्यसैकारण, कार्यक्रम सम्पन्न भएको केहिबेरमै नेकपाका नेता प्रोणप्रताप केसीले पार्टी प्रवेशीहरुलाई भनेर खरिद गरेको खादा सकियो कि फिर्ता आए त भनेर, व्यङ्गसहितको टिप्पणी गरेका छन् । उता, नेकपा दोलखाका सचिव गोपाल पाण्डेले भने दलितका मुद्धा ढिला उठाएको भन्दै, हामी भन्दा २० वर्ष पछि कांग्रेस भनि सामाजिक सञ्जालमा कमेन्ट गरेका छन् । कतिपय कांग्रेस नेताहरुले कांग्रेसको नौलो प्रयोगबाट नेकपाका नेताहरुलाई झस्काएको टिप्पणी पनि गरेका छन् ।


कार्यक्रममा कुन्दनराज काफ्लेसँगै कडारुपमा प्रस्तुत भएका नवकांग्रेसी शंकर न्यौपानेले कार्यक्रम संचालनको दौरान, पार्टी प्रवेश ऐतिहाँसिक रहेको र केहि दिनमा अझै आधिबेरी ल्याउने भाषण दिए । सहरेमा हुने हरेक जसो कार्यक्रममा काफ्लेको उपस्थिति अनिवार्य जस्तै देखिन्छ । सुर्य प्रसाद न्यौपानेको सभापतित्वमा भएको सो कार्यक्रममा भवेन्द्र कार्की, सृजना सुवेदी, विनिता अधिकारी, कुमार भुजेल, महेश काफ्ले, भिम खड्का, नरहरि सुवेदी, भुवन के.सी. , राजन बस्नेत, गोपाल तिमल्सिना, लगायतका कांग्रेसका जिल्ला तथा गाउँपालिका र वडास्तरका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

तस्विर : सामाजिक सञ्जालबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्