दोलखाको बैत्यश्वर गाउँपालिकामा भेटियो ऐतिहासिक भग्नावशेष, पुरातत्वले वास्ता नगर्दा जुट्याे गाउँपालिका

दोलखाको बैत्यश्वर गाउँपालिकामा भेटियो ऐतिहासिक भग्नावशेष, पुरातत्वले वास्ता नगर्दा जुट्याे गाउँपालिका

काठमाण्डौ । दोलखाको ऐतिहासिक एवं पुरातात्विक स्थल पाडुडाँडा क्षेत्रलाई बैत्यश्वर गाउँपालिकाले संरक्षण गर्ने भएको छ । गत बर्ष गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागी जग खन्ने क्रममा उक्त ठाउँमा मानव निर्मित भग्नावशेषहरू भेटिएको थियो । उक्त ठाउँमा डोजर चलाउँदा इँट्टाका ठूलाठूला घरका पिलर, धारा, पोखरी जस्ता संरचना भेटिन थालेपछि निर्माण कार्य रोकेर पुरातत्व विभागलाई खबर गरिए पनी अहिले सम्म कुनै वास्ता नभएको गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।
निकै महत्वको ऐतिहासिक स्थल हुनसक्ने अनुमान गर्दै उक्त ठाउँमा बन्न लागेको गाउँपालिकाकाको भवन निर्माणको कामलाई रोकेर केहि तले बनाइएको थियो । ‘लिच्छवी कालका कुटिल लिपिको शिलालेख भेटिएको किराँतीछाप भन्ने खण्डहरमा किराँत राज्य भएको प्रसिद्ध इतिहासकार बाबुराम आचार्यले लेख्नुभएको छ, शिलालेख फेला पारेको किराँतीछाप पारिपट्टिको पाडुडाँडामा भएको संरचना पनि त्यसैताकाका हुनसक्छ’ अध्यक्ष लामाले भने ।
पाडुडाँडा प्राचीनकालीन भग्नावशेषहरू भेटिएपछि अव गाउपालीकाले नै आवश्यक बजेट छुट्याएर यस क्षेत्रको संरक्षण गर्ने भएको छ । अव पाडुडाँडाको प्रचार प्रसार गरी आन्तरीक तथा बाह्य पर्यटक भित्राउने गाउँपालिकाको योजना रहेको छ ।  पुरातत्व विभागले अध्ययन नगरेसम्म उक्त क्षेत्रमा कुनै पनि संरचना नबनाइने निर्णयमा पुगिएको भएपनि सम्बन्धित निकायले कुनै बास्ता नगरेको गाउँपालिका अध्यक्ष लामाको गुनासो छ ।

                              गाउँपालिका अध्यक्ष छवि लामा

कुनै ठूलो घरनाको जस्ता ठूलाठूलो घरका गाराहरू उक्त क्षेत्रमा भेटिएका छन । केही तल खन्दा धारा र पोखरीका संरचनासमेत भेटिएको छ । पाडुडाँडा क्षेत्र हेर्देमा पनी सुन्दर छ । चारैतिर खुला र अग्ला हिमाल पहाड अनि केही तल कंचन तामाकोसी वगिरहेको देखिन्छ ।
प्रशासनिक भवनका लागि स्थानीयले निःशुल्क उपलब्ध गराएको उक्त डाँडा सम्याउने क्रममा अनौठा र रोचक वस्तुहरू फेला पर्दै गएपछि थप उत्खननका लागि सुरक्षित राखिएको गाँउपालिकाको भनाई छ । केही महत्वपूर्ण पो हो की भनेर पुरातत्व विभागमा परीक्षणका लागि पहल गरेको एक वर्ष बितेको छ । तर अझै यो स्थानमा के–के छन् भनेर उत्खनन हुन नसक्दा यो स्थान रहस्यमै छ ।
यो जमिन करिब चारसय वर्षदेखि खाली रहेको पुराना पुस्ताका मानिसहरू बताउछन । यहाँ रहेका भग्नावषेशहरू यत्रतत्र छरिएरका छन । यसै क्षेत्रमा खानेपानी आपूर्तिका लागि खन्दा पनि भग्नावषेश फेला परेको यिथो । थप उत्खननपछि पाडुडाँडामा पुरातत्विक वस्तुहरूसहितको संग्रालय वनाउनेतर्फ पनि गाउँपालिकाले योजना वनाएको छ ।

प्रतिक्रिया दिनुहोस्