दाङ जिल्लाको लमही नगरपालिका स्मार्ट सिटी बन्दै

दाङ जिल्लाको लमही नगरपालिका स्मार्ट सिटी बन्दै

कविता पोखरेल
माघ ५, लमही नगरपालिका । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनले दाङ जिल्लाको लमही नगरपालिमा समृद्धि र नमुना हुदैं स्र्माट सिटी बन्ने भएको छ ।

जनप्रतिनिधिहरु र स्थानीय वासिन्दाहरुको जोस जागरले यस नगरपालिकामा भौतिक पूर्वाधाहरुको काम पनि तिव्र गतिमा भइरहेको नगर प्रमुख श्री कुल बहादुर खत्री क्षेत्रीको भनाई छ । उहाँको अनुसार सबै वडामा सडक र स्वास्थ्य भवन निर्माण भएको छ । नगरले दामोदर पार्क समेत निर्माण गरेको छ । स्थानीय वासिन्दाहरुको कृषि मुख्य पेशा रहेकोले कृषकहरुको लागि गाईपालन र तकारी खेतीमा विशेष पहल गर्दै आएको नगर प्रमुख क्षेत्रीले जनाउनु भयो ।

पालिका अहिले दुध र मासुको लागि आत्म निर्भर बन्दै गएको छ । ५ करोड लगानीमा नगर भवन निर्माण कार्य सम्पन्न भएको क्षेत्रीले भन्नुभयो । खेलकुद क्षेत्रमा यस नगरले क्रिकेट खेल मैदान निर्माण गरेको छ । सो निर्माणमा करिब ७ करोड लगानी लागेको उहाँले बताउनु भयो । नगरको स्रोत साधनले भ्याएसम्म शैक्षिक क्षेत्रमा पनि उत्तिकै प्रगती गर्नुका साथै गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिदैं आएको उहाँले भन्नुभयो ।

विगतको तुलनामा यस नगरले उल्लेखनीय रुपमा प्रगती गर्दै आएको छ । नगरमा प्रभावकारी ढंगले काम गर्दै जाने र चाडैं स्र्माट सिटी बनाउने योजना रहेको नगर प्रमुख क्षेत्रीले भन्नुभयो । यस्तै, कोरोनाको कारणले नगरमा ३ जनाको मृत्यु भएको छ भने ८० जना कोरोना संक्रमित भएको र उनीहरु कोरोनालाई पराजित गर्दै घर फर्कन सफल भएको क्षेत्रीले बताउनु भयो । संक्रमण न्यूनीकरणको लागि नगरले टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रमद्धारा आफना नागरिकहरुलाई सचेतना गरेको नगर प्रमुख क्षेत्रीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्