दाङको राप्ती गाउँपालिकामा विकासको कामले फड्को मार्दै

दाङको राप्ती गाउँपालिकामा विकासको कामले फड्को मार्दै

कविता पोखरेल
माघ २२, राप्ती गाउँपालिका । स्थनीय सरकार गठन भएको करिब साढे ३ वर्षको अबधिमा मुलुकको केही स्थानीय तहहरुमा विकास निर्माणको कामले फड्को मारेको छ । यसै, सन्दर्भमा दाङ जिल्लाको राप्ती गाउँपालिकामा पनि भौतिक पूर्वाधारको कामले तिव्रता पाएसँगै आमुल परिवर्तन छाएको छ ।

पालिकाले सडक सञ्जालको कामलाई पहिलो प्राथामिकता दिदैं पालिकाको सबै वडामा सडक निर्माण कार्य सम्पन्न भएको पालिकाका, अध्यक्ष नुमानन्द सुवेदी बताउनु भयो । आम नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाको सम्पूर्ण वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउदैं आएको छ ।

स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता अन्य भएको छ । एक घर एक धाराको रणनिति अपनाई सबै टोलटोलमा खानेपानीको व्यवस्था गरेको छ । पालिकाको सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वुलभ शिक्षाको व्यवस्था गर्नुका साथैं विद्यालयमा आवश्यक भौतिक संरचनाहरु निर्माण गर्दै आइरहेको छ ।

उज्यालो गाउँपालिका बनाउननको लागि पालिकाले सबै वडामा विद्युतीय सेवाको काम गरिरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणको लागि पालिकाले आम नागरिकहरुलाई सतर्कता अपनाएको थियो । बाहिरबा आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्थापन गर्नुका साथै पिडीतहरुलाई राहत वितरण समेत गरेको थियो । स्थानीय सरकारको व्यवस्थापन पछि आम नागरिकहरुको जुन अपेक्षा थिायो त्यसलाई आगामी दिनमा पुरा गर्दै जाने र विगतको भन्दा प्रभावकारी ढंगले पालिकामा विकास निर्माणको काम गर्दै जाने पालिकाका, अध्यक्ष सुवेदीको भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्