दसैंमा करिब १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी

दसैंमा करिब १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस पटकको दसैंमा नयाँ र सुकिला दुवै नोट सटही गर्ने भएको छ । दसैंमा करिब १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारीमा राष्ट्र बैंक रहेको प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताएका छन् । केन्द्रीय बैंकले १८ हजार ५ सय रुपैयाँसम्म खुल्ला नोट ९रु। ५ देखि रु।१०० सम्म० माग गर्नेलाई नयाँ नोट वितरण गर्ने उनले बताए ।

तर उक्त सीमा भन्दा बढी माग गर्नेलाई भने केरमेट नभएका सुकिला नोट दिइने प्रवक्ता निरौलाले बताए । यस विषयमा राष्ट्र बैंकमा थप छलफल भइरहेको उनले जानकारी दिए । राष्ट्र बैंकले प्रत्येक वर्ष दसैंलाई लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको छ । यसपटक पनि सप्तमीको दुई साता अगाडीदेखि नयाँ नोट सटही खुल्ला गर्ने तयारीमा केन्द्रीय बैंक जुटेको छ।

प्रतिक्रिया दिनुहोस्