त्रिवेणी गाउँपालिकाले स्थानीय नागरिकहरुलाई रोजगारमुलक तालिम प्रदान

त्रिवेणी गाउँपालिकाले स्थानीय नागरिकहरुलाई रोजगारमुलक तालिम प्रदान

कविता पोखरेल/रतन वि.क
पौष १ त्रिवेणी । सल्यान जिल्लाको त्रिवेणी गाउँपालिकामा बासिन्दाहरुलाई सिपमुलक तालिम प्रदान गरेको छ । विशेष गरेर युवावर्गहरुलाई गाउँपालकाको स्रोत साधनले भ्याएसम्म कृषि क्षेत्रमा रोजगारी उपलब्ध गराउने हिसाबले तालिम दिएको अध्यक्ष मान बहादुर डाँगीको भनाई छ । उहाँले भन्नुभयो गाउँपालकामा पशुपालन, भाडा बनाउने र फलफुल खेतीको लागि विशेष जोड दिदैं अघि जाने योजना छ ।

यस्तै अध्यक्ष डाँगीले बताउनु हुँदै आफु जनप्रतिनिधिमा निर्वाचित भए पश्चात गाउँपालिकामा भौतिक पूर्वाधारहरु अन्तगर्त पर्ने सडक, विजुली, स्वास्थ्य र शिक्षा क्षेत्रहरुमा विकास निर्माण कार्यले तिव्रता पाएको अवस्था छ । अहिले टोलटोलमा खानेपानीको व्यवस्था भएको छ । उहाँले भन्नुभयो समग्रमा पहिलेको तुलनामा विकास निर्माण कार्यहरु धेरै भएको छ । मुलकभर कोरोनाको प्रभाव भइरहेको बेला गाउँपालिका जनचेतामुलक कार्यक्रम मार्फत सचेत गरेको थियौं अध्यक्ष डाँगीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्