तीन वर्षभित्र सबै नागरिकको घरमा खानेपानी सेवा : मन्त्री मगर

तीन वर्षभित्र सबै नागरिकको घरमा खानेपानी सेवा : मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले तीन वर्षभित्र सबै नागरिकलाई खानेपानी सेवा पुर्‍याउने आश्वासन दिएकी छन् ।नेपाल नगरपालिका संघले शनिबार काठमाडाै‌ंमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उद्घाटन गर्दै मन्त्री मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर सबै नागरिकलाई आधारभूत स्तरको खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ सरकार अघि बढेको बताएकी हुन् ।उनले आगामी आर्थिक वर्ष ९२ प्रतिशत र तीन वर्षभित्र शत प्रतिशत जनसंख्यालाई खानेपानी सेवा पुर्‍याउने लक्ष्य रहेको बताइन् ।

‘एकातिर सबै जनतालाई खानेपानी पुर्‍याउनुपर्ने चुनौती छ भने अर्कोतिर पूर्णसरसफाईको कार्यक्रमलाई पनि सँगै अगाडि लैजानुपर्नेछ,’ उनले भनिन्, ‘खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पुरा हुन सक्दैन ।’मन्त्री मगरले आगामी आर्थिक वर्षमा खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने अभियानमा सरकार जुटेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्