तिलोत्तमा नगपालिकाको सडकका दुबै छेउमा डष्टविन राखिँदै

तिलोत्तमा नगपालिकाको सडकका दुबै छेउमा डष्टविन राखिँदै

रुपन्देही । तिलोत्तमा नगपालिकाको योगिकुटीदेखि डाइभर टोलसम्म सडकका दुबै किनारामा डष्टविन राखिने भएको छ । २० औं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले डष्टविन राख्ने भएको हो । अभियानकाे अन्तिम दिन मंगलबार बिहान योगिकुटीमा एक कार्यक्रमको आयोजना गरी डष्टविन राख्न सुरु गरिएको छ ।

शंकरनगरबाट शुरु भएको खुल्ला दिसामुक्त अभियानले राष्ट्रिय रुप लिएको स्मरण गर्दै प्रदेश ५ का उद्योग पर्यटन तथा वातवरण मन्त्री लिला गिरीले सार्वजनिक क्षेत्रको ससरसफाइका लागि शुरु गरिएको यो अभियानले पनि सफलता पाउने बताउनुभयो । फोहोर विसर्जन तथा सरसफाई प्रत्येक नागरिकले आफ्नै घरबाट सुरु गर्नुपर्ने र सार्बजनिक क्षेत्रलाई वातावरण मैत्री र सुन्दर सफा बनाउनु पर्ने बताउनु भयो ।

उहाँले समग्र रुपन्देही जिल्लाको फोहोर व्यवस्थापनका लागि उर्जा, मल कारखानाको स्थापना गर्न सकिन्छ भन्ने सम्वन्धमा प्रदेश सरकारले बिस्तृत अध्ययन गर्न लागेको पनि जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष हरीप्रसाद तिवारीले संस्थाकाे कार्यक्षेत्रलाई पूर्ण सरसफाईयुक्त बनाउन र ६ लेन तथा अन्य सडकको सौन्दर्यता बढाउन सस्थाले डष्टविन राख्न सुरु गरेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्