तामाकोशी सचेतनाको देउसी भैलो सम्पन्न, संस्था प्रभावकारी बन्दै

तामाकोशी सचेतनाको देउसी भैलो सम्पन्न, संस्था प्रभावकारी बन्दै

कार्तिक ९, काठमाडौं । नेपालीहरुको दोश्रो महान चाड तिहारको अवसरमा तामाकोशी सचेतना समाज शहरेले देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
राजधानीको जडिवुटिस्थित गौरीशंकर पार्टी प्यालेसमा सम्पन्न देउसी भैलो कार्यक्रमबाट १ लाख ४० हजार रुपैया सहयोग  पनि जम्मा भएको आयोजकको भनाई छ । जसमा दोलखाका उद्योगी ब्यवसायी टिका फुयालले सबै भन्दा धेरै ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभयो । देउसी भैलो कार्यक्रममा अधिकांश  शहरेका राजनैतिक दलका नेताहरु, उद्योगी ब्यवसायी , समाजसेवी लगायत १ सय ५० जनाको उपस्थिती रहेको संस्थाका सहसचिव संजय केसीले जानकारी दिनुभयो ।


दोलखाको तामाकोशी गाँउपालिका वडा नं. ५, सहरेका यूवाहरु मिलेर स्थापना गरिएको तामाकोशी सचेतना समाज गैर नाफामुलक सामाजिक संस्था हो । जसको अध्यक्षमा दोलखाका समाजसेवी हरि केसी हुनुहुन्छ ।
उक्त संस्थाले हरेक वर्ष आर्थिक अवस्था कमजोर भएका १० जना बिद्यार्थीहरुलाई निःशुल्क पढाउने ब्यवस्था मिलाउदै आइरहेको छ । साथै शिक्षा, स्वास्थ्य र भष्ट्रचारको बिरुद्धमा जनचेता जगाउने काम गर्दै आइरहेको आयोजकको दाबी छ । उक्त संस्थाले सरकारी तथा गैरसरकारी संस्थासँग सहयोगको लागि हात फैलाउने भन्दा पनि संस्थाकै कार्यसमितीहरु बाटै हरेक बर्ष १० हजारको दरले संस्थाको जगेडा कोषमा रकम जम्मा गर्ने, देउसी भैलो लगायतको साँस्कृतिक कार्यक्रम गर्ने जस्ता कार्यक्रम मार्फत रकम संकलन गरेर सोही रकम समाज सेवामा खर्च गर्ने गरेको सहसचिव केसीले बताउनु भयो ।

339 total views, 1 views today

प्रतिक्रिया दिनुहोस्