तातोपानी गाउँपालिको सबै वडामा सडक पुग्यो

तातोपानी गाउँपालिको सबै वडामा सडक पुग्यो

कविता पोखरेल
माघ ५, तातोपानी गाउँपालिका । जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाको सबै वडामा सडक पगेको अध्यक्ष नवराज न्यौपानेको भनाई छ ।

उक्त सडकखण्ड निर्माणले स्थानीय वासिन्दाहरुलाई आवत जावत गर्नलाई थप सहजता भएको अध्यक्ष न्यौपाने बताउनु हुन्छ । उहाँको अनुसार आफु अध्यक्षमा निर्वाचित भए पश्चात शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायत अन्य विविध क्षेत्रमा विकास निर्माणको कार्य उल्लेखनी रुपमा भएको छ । पालिकाको भवन निर्माणाधिन अवस्थामा रहेको छ भने केही वडा कार्यलयको भवन निर्माण कार्य सम्पन्न भएको अध्यक्ष न्यौपानेले जनाउनु भयो ।

पालिकाको सबै टोलटोलमा खोनेपानी र विजुली बत्ति पुगेको उहाँले भन्नुभयो । समग्रमा सबै क्षेत्रलाई समेट्दै यस पालिकाले विगतको तुलनामा भन्दा उल्लेखनीय विकास निर्माण कार्य गरेको अध्यक्ष न्यौपानेको दावी छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि पालिकाले टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरु समक्ष सचेतना गराएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गर्नुका साथै सुविधा सम्पन्न कोभिड अस्पताल समत निर्माण गरेको अध्यक्ष न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्