तल्लो लिखु जलविद्युत आयोजनाको काम तिब्र गतिमा

तल्लो लिखु जलविद्युत आयोजनाको काम तिब्र गतिमा

पुष्कर खड्का, रामेछाप/ रामेछाप र ओखलढुंगा जिल्लाको सीमाना लिखु खोलामा निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाको काम तीब्र गतिमा अगाडि बढेको छ । २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना समयमानै सम्पन्न गर्नको लागि व्यवस्थापन पक्षले काम तीब्र बनाएको हो ।

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका कार्यकारी निर्देशक डा.सुर्वणदास श्रेष्ठले हालसम्म करिब २५ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको बताए । आयोजनाको हालसम्म २५ प्रतिशत काम सम्पन्न भएको छ ।
गत मंसिरबाट काम सुरु भएको आयोजना पाँच किलोमिटर सुरुङ अन्तर्गत डेढ किलोमिटर खन्ने काम सम्पन्न भएको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा लक्ष्मी बैंकसहित कुमारी बैंक, सेन्चुरी कमर्शियल बैंक, प्रभु बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीले कुल ५ अर्ब ६० करोड रुपैयाँमा निर्माण गर्न लागेको हाे ।

आयोजनाको लागि २५ प्रतिशत रकम भने कम्पनीका संस्थापक तथा सर्वसाधारण शेयरधनीले लगानी गर्ने छन् । उक्त आयोजनामा आयोजना प्रभावित स्थानीय वासिन्दाले दश प्रतिशत शेयर लगानी गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्