ठाकुरबाबा नगरपालिकाद्धारा स्थानीय पाठ्याक्रम लागु

ठाकुरबाबा नगरपालिकाद्धारा स्थानीय पाठ्याक्रम लागु

बर्दिया । ठाकुरबाबा नगरपालिकाले स्थानीय पाठ्याक्रम लागु गरेको छ । नगरका सम्पूर्ण सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म यसै शैक्षिक सत्रदेखि पाठ्याक्रम लागु गरेको हो । बैशाख २५ गते नगर कार्यपालिकाकबाट स्वीकृत भई २९ गते चौँथाे नगर सभाबाट अनुमोदन गरि लागु गरिएको हो ।

नगरपालिकाको भौगोलिक, ऐतिहासिक र आर्थिक अवस्थाको ज्ञान र सीप हासिल गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय विषयवस्तु समेटेर स्थानीय तहले पाठ्यक्रम तयार पारी लागू गर्न सकिने कानुनी व्यवस्था छ ।

पाठ्यक्रममा हुनुपर्ने सम्पूर्ण कुरा समावेश गरी सामग्री तयार गरिएको विद्यालय निरीक्षक रामहरि रिजालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्