सिन्धुपाल्चोक, असोज ७ गते ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्थित नागपुजेका पहिरो पिडितलाई टेको फाउन्डेसन नेपाल, लायन्स क्लव अफ काठमाडौं, भिजन नेपाल,र राष्ट्रिय युवा सघं सिन्धुपाल्चोकको साँझेदारीमा राहत वितरण गरिएको छ ।
पहिरोका कारण पिडित बनेका ५८ घरलाई फाइबरको सिरक तथा महिलाहरुको लागी सेनिटरी प्याड सहित विद्यालयमा प्रयोगमा आउने गरी मास्क पनि वितरण गरिएको मनिका फुयाल ( रुरल यम )ले जानकारी दिनुभयो । गत भदौ २८ गते बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा पहिरो जादा ठुलो जनधनको क्षति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्