ज्यान जोखिममा राखेर विजुलि ल्याउन अग्रसर

ज्यान जोखिममा राखेर विजुलि ल्याउन अग्रसर

काठमाडौं । नुवाकोटका गाउँ घरमा विधुत् लाइन पूर्याउनलाई स्थानिय वासिन्दाहरु आफ्नो ज्यानको प्रवाह नगरी श्रमदानमा लागि परेका छन् । गाउँका युवा, युवति बुढापाका सबैजना कुटो कोदालो हँसिया घन आदि अ‍ैजार बोकेर हरेक दिन नहर खन्न लागि परेका छन् ।

नुवाकोट गाउँ पालिका ५, स्थित् नजिकैको देउका खोलामा बन्न लागेको लघु जलविधुत् आयोजना निर्माणको काममा स्थिनिय वासि लागि परेका छन् । उक्त जलविधुत् आयोजनाका लागि सरकारी निकायबाट प्रयाप्त बजेट नआएको हुनाले स्थानिय वासि श्रमदानमा लागेको स्थानियको भनाई छ । उक्त नहर पहाडको विचबाट ल्याउनु पर्ने हुनाले काम जोखिम पुर्ण भएको स्थानिय वासिन्दा बताउछन् । सरकारी निकायबाट नहर बनाउन अप्रयाप्त आएको भन्दै स्थानिय वासिले आक्रोस व्याक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्