ज्ञानेन्द्र शाहिको आरोप तथ्यहिन छ, वराहक्षेत्रलाई समृद्ध बनाएरै छाड्छौ – मेयर खनाल

ज्ञानेन्द्र शाहिको आरोप तथ्यहिन छ, वराहक्षेत्रलाई समृद्ध बनाएरै छाड्छौ – मेयर खनाल

काठमाडौं । बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले ज्ञानेन्द्र शाहीले आक्षेप लगाए जस्तो बराहक्षेत्र नगरपालिकाको बिषय तथ्यहिन रहेको बताएका छन । म.ले.प.का कर्मचारीहरुको शाही संग सम्बन्ध भएको कुरा इटहरीमा शाहीले बोलेको कुराले प्रष्ट भएको उनले बताए ।
अडिट गर्दा मलेपका कर्मचारी हरुले एउटा सैद्दान्तिक कुरा लेखेर प्रतिवेदनमा उल्लेख गर्ने अनि त्यही प्रतिबेदन पढेर ज्ञानेन्द्र शाही आम मानिसलाई भेला पारेर उच्छृङ्खल भाषण गर्ने ? भनि उहाले प्रश्न गर्नुभयो ।

राजनितिक दल र जनप्रतिनिधिलाई गाली गर्दा राम्रो सेन्टिमेन्ट प्राप्त हुन्छ भन्ने कुरा बुझेर शाहीले स्थानिय तह र राज्यलाई नै प्रहार गरीरहेको मेयर खनालले बताए । नेपालको बर्तमान अबस्थामा कागले कान लग्यो भन्दा काननै नछामी कागको पछाडि दगुर्ने जमात थुप्रै भएर आफ्ना यथार्थ भनाई राख्नु परेको उनले प्रष्ट पारे । बिरोध गर्नेहरुले खुट्टा तान्दै गरेपनि नगरबासीहरूले देखेको समृद्ध नगरको खाका अबस्य पनि पुरा हुन्छ, मेयर खनालले भने ।

अध्यक्ष कै भनाईलाई आधार मान्ने हो भने शिक्षा क्षेत्रको कुरा गर्नुपर्दा दुई ओटा क्याम्पसका भवन निर्माण तिब्र गतिमा अघि बढेको छ । नगरपालिका देखि बाङ्गे हुँदै धरान जाने बाटो कालोपत्रे सहित निर्माण शुरु भएको छ । नगर भित्रका थुप्रै बाटा फराकिलो बनाउने ग्राभेल गर्ने , स्तरउन्नति गर्ने , कलभर्टहरु निर्माण गर्ने भैसकेका छन । अहिले बराहक्षेत्र नगरपालिका दूध , मासु , खाध्यान्न , दलहन , तेलहन जस्ता कुरामा आत्मानिर्भर बनिसकेको मेयर खनाल दाबि गर्नुहुन्छ ।

बराहक्षेत्र नगरपालीकालाई धार्मिक पर्यटकिय नगरपालिका पनि भनिन्छ। अन्य प्राकृतिक सौन्दर्यले पनि भरिभराउ बराहक्षेत्रको पर्यटन पर्वदनको लागी स्तरीय बाटो निर्माणलाई नगरपालीकाले प्रामिकता दिइएको छ । नगपालीकाका कृषकलाई ब्यबसायिक खेती तर्फ लगेर उत्पादन बढाउनुका साथै रोजगारी दिन सकिने सम्भावा आफुले देखेको उँहाले बताउनु भयो । बराहक्षेत्र पशुपालन माछा पोखरीका लागि पनि योग्य ठाँउ हो , यस्ता किसिमका ब्यबसायलाइ पनि बिस्तार गर्नु पर्छ । त्यस्तै धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रबर्द्धन गरि धेरै पर्यटक हरु भित्र्याएर यहाँ होम स्टे , होटल र अन्य ब्यबसायहरु संचालन गरेर आम्दानी गर्न सकिन्छ । बन जङ्गलहरु बाट जडिबुटी उत्पादन गरेर आम्दानी गर्न सकिन्छ । अहिले निजिक्षेत्रले लगानी गरेर जल यात्रा शुरु गरेर पनि आम्दानी लिन शुरु गरेका छन् । हाम्रो यो कोशी नदि पनि एउटा आम्दानीको श्रोत नै हो । मेयर खनालले भने ।

नगरपालीकाका लेखा अधिकृत बिरेन्द्र यादबले ज्ञानेन्द्र शाहिले भनेको करामा सत्यता नभएको दाबि गरे । महालेखा परीक्षकको कार्यलय भनेको राष्टको प्रमुख अंग हो । मलेपको प्रतिबेदनमा बराहक्षेत्र नगरपालीकाको केही रकमहरु बेरुजु देखीएको सहि हो, तर शाहिले भने जसो नगरपालीकाले मोजमस्तीमा रकम सकेको भन्नु एकदम गलत कुरा भएको उनले बताए । बिकास निर्माणको कामको शिलशिलमा केहि निकायलाई बढि रकम दिइएको र केहि निकायहरुले नेपाल सरकारको नियम अनुसारको भ्याट रकम नतिरेको हुनाले नगरपालिकाको खातामा केहि रकम बेरुजु देखीएको छ तर नगरपालीकाले बेरुजु रकमलाई असुलउपर गर्ने कामलाई तिब्र पारेको लेखाअधिकृत यादवले बताए ।

बराहक्षेत्र नगरपालिकाले गत भदौ २० गते इटहरीमा नगपालिकाबारे ज्ञानेन्द्र शाहीले भ्रमपूर्ण भाषण गरेको भन्दै केहिदिन अघि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तथ्यहिन भाषणबाजी गरेकोमा गम्भिर ध्यानाकर्षण भएको भन्दै नगरपालिकाले विज्ञप्ति नै निकालेर खण्डन गरेको हो । विज्ञप्तीमा भनिएको छ– यस नगरपालिकाले जनतासँग प्रत्यक्ष सरोकार रहेका विषयहरुलाई नगरको सिमित श्रोत र साधनको भरपुर उपयोग गर्दै विकास र समृद्धिलाई पहिलो एजेण्डा बनाएर अगाडी बढिरहेको अवस्थामा १३ करोड १५ लाख ४५ हजार मोजमस्तीमा खर्च गरेको भनी गलत अर्थ लगाई निज ज्ञानेन्द्र शाहीको गैर जिम्मेवारपूर्ण तथ्यहीन एवं उच्छृङ्खल अभिव्यक्ति दिएर नगरपालिका प्रति लगाएकोय झुठा आरोपमा कुनै सत्यता छैन ।’

प्रतिक्रिया दिनुहोस्