जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधी दुधौलीको डकाहालाई

जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधी दुधौलीको डकाहालाई

केशव फुयाल / सिन्धुली ।

सिन्धुली जिल्लाकै महत्वपूर्ण मानिएको जिल्ला लिग फुटवल प्रतियोगिता २०७६ को उपाधी दुधौली नगरपालिका वडा नं. ४, डकाहाले जितेको छ । आज भएको निक्कै प्रतिस्पर्धात्मक खेलमा मरिण गाउँपालिकालाई पराजित गर्दै दुधौलीले उपाधीमाथि कब्जा जमाएको हो । आजै भएको पुरस्कार वितरण समारोहमा नगद एक लाखसहित शिल्ड मेडल र प्रमाण पत्र बुझ्दै डकाहाका खेलाडी र समर्थकहरुले खुशि साथ हुटिङ गरिरहे ।

यस्तै, दोस्रो स्थानमा चित्त बुझाएको मरिणले पनि नगद पचाँस हजारसहित शिल्ड, मेडल रर प्रमाण पत्र पाएको छ । जिल्ला फुटबल संघ सिन्धुलीको आयोजनामा भएको खेलले दर्शकहरुको व्यापक समर्थन पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्