जिल्लाकै समृद्ध र नमुना गाउँपालिको रुपमा परिचित हुदैं भैरवी

जिल्लाकै समृद्ध र नमुना गाउँपालिको रुपमा परिचित हुदैं भैरवी

कविता पाेखरेल
भैरबी गाउँपालिका । दैलेख जिल्लाको भैरबी गाउँपालिकामा भौतिक पूर्वाधाहरुको कामले तिव्रता पाएसँगै यस पालिका यस पालिका समृद्धिको बाटोमा निरन्तर अघि बढीरहेको छ ।

सकड, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन कृषि लगायत अन्य क्षेत्रमा उल्लेखनीय विकास निर्माणको कार्य तिव्र गतिमा भइरहेको अध्यक्ष प्रेम बहादु बुढाको भनाई छ । निर्माण भएका सडकहरुलाई सुधार गर्ने र सडक नपुगेको ठाउँमा निर्माण गर्ने कार्य भइरहेको उहाँले भन्नुभयो । पालिकाले एक घर एक धाराको अवधाराणा राख्दै टोलटोलमा खानेपानी पु¥याउने लक्ष्य राख्दै आएको अवस्था छ ।

स्थानीय वासिन्दाहरुलाई पालिकामै स्वरोजगारको व्यवस्था गर्ने हिसाबले कृषकहरुको लागि यस पालिका पशुपालन र तरकारी खेतीको लागि विशेष पहल गर्दै आएको अवस्था छ । पालिको सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिदैं आइहेको छ । पर्यटन क्षेत्रको हिसाबले यस पालिका निकै महात्वपूर्ण स्थान मानिने हुनाले विभिन्न मठ मन्दिरहरु निर्माण गर्ने देखि आवश्यक सुधार भइरहेको उहाँले बताउनु भयो ।

विगतको तुलनामा भन्दा यस पालिकाले समग्रमा सम्पूर्ण क्षेत्रलाई समेट्दैं स्तोर उन्नोती गर्दै आएको छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि विभिन्न जनचेतनामुलक कार्यक्रमद्धारा आफना नागरिकहरु समक्ष सतर्कता गराएको अध्यक्ष बुढाले बताउनु भयो । विदेश वा अन्य क्षेत्रबाट आएकाहरुलाई पालिकाले सुबिधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था समेत गरेको अध्यक्ष बुढाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्