जिल्लाकै समृद्ध बन्दै ओखलढुंगा मोलुङ गाउँपालिका

जिल्लाकै समृद्ध बन्दै ओखलढुंगा मोलुङ गाउँपालिका

ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाले जिल्लाकै समृद्ध पालिका बन्ने योजना बनाएको अध्यक्ष मणिराज राईले बाताउनु भयो ।

उहाँका अनुसार पालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न भैसकेको छ । यस्तै सबै वडामा स्वास्थ्य चौकीको ब्यवस्था गरिएको छ ।

त्यस्तै एक घर एक धाराको रणनीति लागू गरि खानेपानीको ब्यस्था पनि गरि सकेको छ गाउँपालिकाले । बिधुतिय सेवा सबै पालिका बासीमा पुगिसकेको अध्यष राईले बताउनुभयो ।

शैक्षिक क्षेत्रको बिकासको लागी प्राबिधिक शिक्षामा जोड र सुबिधा सम्मपन्न बिधालय भवनको निर्माण गरिएको छ । कृषी तथा पशुपालनको लागि बिना धितो ऋण दिने, एक घर एक टनेल बिउको वितरण जस्ता लोकप्रिय कामहरु गाउँपालिकाले गरिरहेको छ । कोरोनाको माहामारीमा उदाहरणि काम गरेको पालिकाले मास्क, सेनिटाइजरको बितरण, राहात सामग्रीको वितिरण, आर डि टि , पिसिआर परिक्षण आदि काम हरु गरि गरिहेको छ ।

भावी दिनमा यी लागायत यस्तै बिकास र समृद्धि तर्फका कामहरु पालिकाले अगाडि बढाउने राइले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्