जिरीलाई पर्यटकिय नगर बनाउनु पर्नेमा जिरी नपा.वार्ड नं १ का वडाध्यक्ष शेर्पाको जोड

जिरीलाई पर्यटकिय नगर बनाउनु पर्नेमा जिरी नपा.वार्ड नं १ का वडाध्यक्ष शेर्पाको जोड

काठमाडौं। दोलखाको जिरी नगरपालीका वार्ड नं १ (साविकको स्यामा गाविस) का वडाध्यक्ष लाक्पा शेर्पाले आफ्नो वडामा पर्यटनको प्रचुर सम्भावना रहेकोले विशेष जोड पर्यटनलाई दिएको बताउनु भएको छ । असल संञ्चारसँग अन्तरक्रिया गर्दैै उहाले आफ्नो धारणा राख्नुभएक हो।
नेपालको पर्यटकिय नगर जिरीलाई नेपालको स्विजरल्याण्ड भनेर पनि चिनिन्छ । असल संञ्चारसँगको सम्बादमा शेर्पाले आफ्नो वार्डमा नै प्रशिद्ध धार्मिक स्थल पाँचपोखरी, जट्टा पोखरी रहेकोले यसको प्रचार प्रसारमा वडा कार्यालय लागी परेको उहाले बताउनु भयो । अहिले पनि यस क्षेत्रमा बर्षेनि लाखौको सङख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आई रहेका छन । अहिले नेपाल सरकारले को अभियान समेत चलाएकोले वडा कार्यालयले आफ्नो वडाको पर्यटकीय स्थलको प्रंचार प्रसारमा जोड दिइरहेको उहाले बताउनु भयो । पर्यटकहरुको ध्यानलाई मध्यनजर गर्दै उक्त ठाउमा गतवर्ष मात्र हेलिप्याडको निर्माण गरेको उहाँले बताउनुभयो ।

           वडाध्यक्ष लाक्पा शेर्पा

पर्यटकीय नगर जिरी नेपालकै नमुना पर्यटकीय नगर बनाउनु पर्नेमा उहाँको प्रमुख जोड रहेको छ । पर्यटनका लागि आवश्यक पूर्वाधार निर्माण गरेर जिरीलाई स्वदेशी तथा विदेशी पर्यटकको रोजाइको नगर बनाउने आफ्नो पनि लक्ष्य रहेको बताउनुभयो ।  दोलखाको जिरी नगरपालिकालाई क्लिन जिरी  ग्रीन जिरी’ बनाउने योजना नगरले पास समेत गरेको उहाले जानकारी दिनुभयो । नगरपालिकाले ‘क्लिन जिरी  ग्रीन जिरी’को नारालाई व्यवहारमा उतार्न जिरी नगरलाई प्लास्टिक रहित अर्गानिक जिरीको रुपमा पहिचान स्थापित गर्ने कार्यक्रम अघि सारेकोले आफुले पनि वडामा सो कुरा कार्यान्वयनमा ल्याउन लागेको बताउनुभयो ।

साथै २०७२ को भुकम्पले आफ्नो वार्डमा पनी मानवबस्ति साथै वार्ड कार्यलयको भवन, विद्यालय आली क्षतिग्रस्त भएको उहाले स्मरण गर्नुभयो । अहिले वडाका अधिकांश विद्यालय भवनको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । साथै वार्ड कार्यलय भवन पनि निर्माण भईसकेको उहाँले बताउनुभयो । शिक्षा क्षेत्रमा कक्षा १ देखी ३ सम्म अग्रेजी माध्यममा पठनपाठन गर्ने ब्यवस्था आफले बिकास गरेको बताउनुभयो । यस बाट बिद्यार्थीहरुको सिकाई उपलब्धि बृद्धी हुने उहाँको आशा छ ।

अहि यस वार्डमा एउटा मावि र प्रावि ४ वटा आधारभुत बिद्यालय रहेका छन । साथै कक्षा १ देदी ५ सम्मका विद्यार्थिहरुलाई निःशुल्क खाजाको ब्यवस्था गरीएको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा एउटा स्वास्थ्यचौकी रहेको छ । भने वडास्तरिय एम्बुलेन्स पनि संञ्चालनमा रहेको उहाले बताउनु भयो । सडक क्षेत्रमा आफ्नो वार्डमा अहिले सडकको ग्रावेल तथा सोलिङको कार्य भईरहेको उहाँले बताउनुभयो ।  बिद्युत नपुगेको टोलमा बिद्युत बिस्तारको लागी पहल गरीरहेको पनि उहाँले बताउनुभयो ।
जिरी नगरपालिकाको पूर्वमा रामेछाप जिल्ला, पश्चिममा बैतेश्वर र गौरीशंकर गाउँपालिका, उत्तरमा गौरीशंकर गाउँपालिका र दक्षिणमा तामाकोशी गाउँपालिका र रामेछाप जिल्ला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्