जिग्री र पाडेले नयाँ टेलिश्रृंखला ल्याउदै, भद्रगोलका अधिकाशं कलाकार हुने !

जिग्री र पाडेले नयाँ टेलिश्रृंखला ल्याउदै, भद्रगोलका अधिकाशं कलाकार हुने !

काठमान्डौ हास्य टेलीशृंखला बाट बाहिरिएको भद्रगोल टिमले नया टेलिशृंखला बनाउने भएको छ । मिडिया हबले भद्रगोलको ट्रेडमार्क अफ्नो नाममा दर्ता गरेको कारण यो टिमले नया शृंखला बनाउन लागेको हो । कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाडेको लेखन निर्देशनमा निर्माण हुन् लागेको शृंखलाको नाम भने गोप्य राखिएको छ ।उक्त शृंखला असोज २ देखि नेपाल टेलिभिजनमै आउने बताइएको छ । उता नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आयो । तर, गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको भने देखिएन ।

भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो । नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले (नक्कली बाबुराम भट्टराई) र अशोक धिताल (बाहुन डन)ले लिएका छन् ।गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोडको कथा पुरानै एपीसोडहरुको निरन्तरता जस्तो गरी बुनिएको छ । तर, दर्शकलाई बाँधेर राख्ने खालको कथावस्तु छैन । साथै, पुरानो टिमका कोही पनि नहुँदा दर्शक निराश बनेका हुन् ।

भद्रगोल अहिले युट्युबको ट्रेन्डिङमा भएपनि उत्पादकका लागि चिन्ताको विषय के छ भने यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन् । यति मात्र होइन, यसमा आएका प्रतिक्रियाहरुमध्ये अधिकांश नकारात्मक छन् । अधिकांसले पुरानो टिमलाई फर्काउन माग गरेका छन् । कतिपयले अब भद्रगोल नहेर्ने घोषणा पनि गरेका छन् ।उत्पादक मिडिया हवसँग विविध विषयमा कुरा नमिल्दा जिग्री(पाँडेको समुह भद्रगोलबाट अलग भएको हो ।

उनीहरुले समयमा पैसा नपाएको गुनासो गरेका छन् भने कार्यक्रमको यूट्यूव राइट पूर्णरुपमा आफूहरुले पाउनुपर्ने माग गरेका छन् । मिडिया हब यसमा सहमत छैन ।यसअघि भद्रगोलका अधिकांश एपीसोडहरु ट्रेन्डिङमा पहिलो नम्बरमा आउने गरेका थिए ।तर, पुरानो टिम तितरवितर भएपछि मिडिया हबलाई यसको लोकप्रियता कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्