जलेश्वर नगरपालिकाद्वारा वडागत योजनाको स्थलगत अनुगमन

जलेश्वर नगरपालिकाद्वारा वडागत योजनाको स्थलगत अनुगमन
महोत्तरी/ प्रदेश नम्वर २ को महोत्तरीस्थित जलेश्वर नगरपालिकाले वडागत रुपमा सञ्चालन गरेका योजनाको स्थलगत अवलोकन तथा निरिक्षण गरेको छ । नगरपालिकाका मेयर रामशंकर मिश्रासहितको टोलीले यतिवेला योजनाको स्थलगत रुपमा आवलोकन कार्य थालेको हो ।
नगरपालिकाका जनप्रतिनिधि तथा प्राविधिक सहितको टोलीले हालै नगरको वडा न. ३ ,४, ५ र ११ मा अनुगमन गरेको छ । यस्तै, केही समय अघिमात्र वडा नम्वर ८ र १२ मा सञ्चालन भएका योजनाको पनि स्थलगत अनुगमन गरेको थियो । नगरपालिकाले खासगरि भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले विभिन्न वडामा सडक कालोपत्रे गर्ने, सडक ढलान, मर्मत, ढल तथा निकासको व्यवस्था गर्ने काम गरेको जनाएको छ । ती योजनामा के कस्तो काम भयो भनेर अहिले अनुगमन भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्