जलविद्युत कम्पनीको ११ अर्बको हकप्रदमा रेटिङ सम्पन्न, अब कहिले खुल्छ ?

जलविद्युत कम्पनीको ११ अर्बको हकप्रदमा रेटिङ सम्पन्न, अब कहिले खुल्छ ?

काठमाडौं : जलविद्युत लगानी तथा विकास कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको हकप्रद ल्याउन रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । कम्पनीले १००% हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसले १ः१ अनुपातमा ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

जलविद्युत लगानी तथा विकास कम्पनीको गत मंसिर ३० गते बसेको साधारण सभाबाट १० अर्ब चुक्ता पुँजीबाट १०% बोनस सेयर वितरण गर्ने र त्यसपछि कायम पुँजीमा १००% हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो । प्रस्तावित बोनस सेयर सभाबाट पारित भई नेप्सेमा सूचीकरण समेत भइसकेको छ ।

कम्पनीले उक्त १०% बोनस सेयरपछि कायम भएको ११ अर्ब रुपैयाँ चुक्ता पुँजीको १००% हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदपछि पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले धितोपत्र बोर्डमा हकप्रद ल्याउन आवेदन दिइसकेको छ । बोर्डबाट अनुमति पाएपछि निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्