अजयमेरु गाउँपालिका भित्रका बिद्यालय असोज १० गतेबाट सञ्चालन हुने

अजयमेरु गाउँपालिका भित्रका बिद्यालय असोज १० गतेबाट सञ्चालन हुने

हिम शाह । डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाले असोज १० गतेबाट गाउँपालिकाभरीका बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले स्थानीयतहमा रहेका विद्यालय सुरक्षीत रुपमा सञ्चालनका लागि अभिभावकको राय सुझाव संकलन गरिरहेका छ। कोरोना संक्रमण दर सुन्य रहेको अजयमेरु गाउँपालिकामा वालवालिकालाई पढाइतिर उन्मुख गर्नका लागि अभिभावकको राय लिन असोज ७ भित्र भेलाबोलाई छालफल गर्न पत्राचार गरेको जनाएको छ। अभिभावकसँगको छलफल पश्चातबाल बालिकाको पढाइलाई नियमितता दिने गाउँपालिको समाजीक विकास समिती संयोजक तथा प्रबक्ता शिवराज भट्टले जानकारी दिनुभयो ।

शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्री स्तारिय बैठकबाट पारित निर्णय अनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा विभिन्न विकल्प प्रस्तुत गरेको थियो। निर्देशिकाको दफा ३३ को उपदफा २ मा कुनै क्षेत्र विषेश कोरोनाको संक्रमण दर हेरी नियमित रुपमा विद्यालय संचालन हुन सक्ने अवस्था भएमा पत्यक्ष सिकाई क्रियाकलाप गर्न वाधा हुने छैन भन्ने निर्णय अनुसार अजयमेरु गाउँपालिकाले पनि स्थानीय तहमा अवस्था सामान्य रहेको कुरा उल्लेख गर्दै केही दिन अगाडी विद्यालय खोल्ने पालिकास्तरिय निर्णय पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्