जनता बैंकद्धारा रामेछापको मन्थलीमा १ सय ३७ औँ शाखा बिस्तार

जनता बैंकद्धारा रामेछापको मन्थलीमा  १ सय ३७ औँ शाखा बिस्तार

रामेछाप/ जनता बैंकले  मन्थलीबाट पनि कारोबार शुरु गरेको छ । शाखा विस्तारको क्रमलाई निरन्तरता दिदै बैंकले १ सय ३७ औँ शाखाको रुपमा बुधबारबाट मन्थलीमा कारोकार शुरु गरेको हो ।

मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले रिवन काटेर शाखाको उद्घाटन गरेका छन् । यसअघि बैंकले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख बस्नेतले मन्थली नगरपालिकामा सेवा प्रवाहा गर्ने विक्तिय संस्थाहरुका लागि नगरले प्राथमिकता निर्धारण गरेकाले सोहि अनुसार काम गर्न जनता बैंकलाई आग्रह गरे ।

कृषि क्षेत्रको विकास विना मुलसकमा समृद्धी नआउँने भन्दै विक्तिय संस्थाहरुले घरघडेरी , गाडीमा मात्रै लगानी नगरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाई छ । उनले कुनै किसान कृषि कर्म गर्नका लागि ऋण लिन बैंक आउँदा धितो नपुगे नगरपालिका उसको जमानी बसेर ऋण झिक्दीन तयार रहेको नगरप्रमुख बस्नेतको भनाई छ ।

कार्यक्रममा जनता बैंकका अध्यक्ष केशब बहादुर रायमाझीले जनता बैंकले रामेछाप जिल्लाको शहरी र ग्रामिण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह बताए ।

जिल्लामा रहेका कृषक ,उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुलाई आधुनिक बैंकिङ सुबिधा प्रदान गरी जीवनस्तर सहज बनाउन बैंकले भूमिका खेल्ने उनको भनाई छ । कार्यक्रममा मन्थली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नारायणदाश श्रेष्ठ , गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ , रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापा , मन्थली माध्यामिक विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहाल लगाएतले जनता बैंकले किसान ,उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुको जीवन स्थर उकास्न भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्