जनताहरुको अपेक्षा स्थानीय सरकारले पुरा गर्दैछ: वडा अध्यक्ष श्रेष्ठ

जनताहरुको अपेक्षा स्थानीय सरकारले पुरा गर्दैछ: वडा अध्यक्ष श्रेष्ठ

माघ २४, व्यास नगरपालिका । तनहुँ जिल्लाको व्यास नगरपालिका ३ मा स्थानीय सरकारले जनताहरुको माग र अपेक्षा सकेसम्म पुरा गर्दै आइरहेको वडा अध्यक्ष श्री प्रेम कुमार श्रेष्ठले बताउनु भयो । निर्माण भएका सडकलाई थप सुधार गर्ने र सडक नपुगेको ठाउँमा निर्माण गर्ने काम भइरहेको छ ।

किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गरेर कृषि क्षेत्र अन्तगर्त पनि उल्लेखनीय प्रगति गरेको छ भने विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गरेको छ । विगतमा यस वडाका जनताहरु सानोतनो उपचारको जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता थियो तर स्थानीय सरकारले यसको समस्याको हल गर्दै स्वास्थ्य सेवाको सुविधा आम जनताहरुलाई पुग्ने गरी स्वास्थ्यको पहुच पु¥याएको छ ।

स्थानीय सरकारको व्यवस्थापन पछि आम जनताहरको जुन अपेक्षा थियो त्यसलाई सकेसम्म र स्रोत साधनले भ्याएसम्म आगामी दिनमा पुरा गर्दै जाने वडा अध्यक्ष श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणको लागि वडाले आम नागरिकहरु समक्ष सतकर्ता अपनाएको वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्