चौरीपाटी गाउँपालिका समृद्ध तर्फ अगाडी बढ्दै

चौरीपाटी गाउँपालिका समृद्ध तर्फ अगाडी बढ्दै

कविता पोखरेल/रतन वि.क.
मंसिर ३०, चौरीपाटी गाउँपालका। स्थानीय सरकारको व्यवस्थापन भए पश्चात अछाम जिल्लाको चौरीपाटी गाउँपालिका समृद्धीको बाटोतर्फ अगाडी बढी रहेको देखिन्छ । सडक, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत सम्पूर्ण क्षेत्रलाई समेट्दै गाउँपालिका समग्र रुपमा समृद्धी तर्फ अगाडी बढी रहेको अध्यक्ष श्री हर्क बहादुर साउदको भनाई छ । सडक निर्माण, खानेपानी नपुगेको ठाउँमा १ घर १ धारा अभियान सञ्चालन भइरहेको अध्यक्ष साउदले बताउनु भयो । गाउँपालिकाको सबै आधारभुत विद्यालयहरुमा विद्युत जडान र इन्टरनेटको व्यवस्था गरेको अध्यक्ष साउदले भन्नुभयो ।

यस्तै, ७ वटा वडामध्ये २ र ३ मा विद्युत जडान कार्य भइरहेको र बाँकी वडामा विद्युत जडान कार्य सम्पन्न भएको छ । कृषि क्षेत्रमा युवा वर्गहरुलाई लक्षित गर्दै बेरोजगारी युवाहरुको तथांक संकलन गरी कृषि अनुदान वितरण गरी स्वरोजगारको व्यवस्था गर्ने साउदले व्यक्त गर्नुभयो । वर्तमान सङ्घीय संरचनाको कार्य प्रणाली अनुभुती हुने गरी स्थानीय सरकारले जनचाहनाको माग अनुरुप चौरीपाटी गाउँपालिकासम्मको बस सेवा सञ्चालन भएको छ । साथै, कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिहरुको लागि पालिका स्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था रहेको साउदले जनाउनु भयो । संक्रमण फैलिन नदिनका लागि विभिन्न जनचेतामुलक कार्यक्रम मार्फत जनताहरुलाई सतर्कता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्