चौतर्फी विकासको काम भइरहेको छः अध्यक्ष ओझा

चौतर्फी विकासको काम भइरहेको छः अध्यक्ष ओझा

कविता पोखरेल
माघ १५, रुपा गाउँपालिका । कास्की जिल्लाको रुपा गाउँपालिकामा भौतिक पूर्वाधाहरुको कामले तिव्रता पाएको छ । निर्माण भएको सडकहरुर्ला आवश्यक मर्मत गर्नुका साथै सडक नपुगेको ठाउँमा निर्माण गर्नु र ७० कि.मी. सडक पीच भएको पालिकाका, अध्यक्ष नवराज ओझाले भन्नुभयो । पालिकाको सबै वडामा सडक निर्माण गर्ने काम भइरहेको छ ।

सडक सञ्जालको काम सम्पन्न भए पछि यात्राको लागि आम नागरिकहरुलाई सहज पुग्ने र विगतको जस्तो कठिनाई नहुने अध्यक्ष ओझाको भनाई छ । पालिकाको भवन निर्माणको लागि डि.पी.आर तय भएको छ । एक घर एक धारा खानेपानीको अभियान सञ्चालन भइरहेको र सो आयोजनाको काम ८० प्रतिशत काम सम्पन्न भएको छ । उक्त खानेपानीको आयोजनाले पालिकाको आम नागरिकहरुलाई सहज हुनेछ ।

कृषि र स्वास्थ्य क्षेत्रमा पनि यस पालिकाले उल्लेखली प्रगति गर्दै आएको ओझाले बताउनु भयो । आम सर्वसाधारणहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै पालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउने काम भएको छ भने विभिन्न स्वास्थ्य विभाग र संस्थाहरु समेत निर्माण भएको अध्यक्ष ओझाले जनाउनु भयो । युवाहरुलाई विभिन्न सिपमुलक तालिम प्रदान गर्ने र उनीहरुलाई पशुपालन जस्ता अन्य क्षेत्रमा रोजगारीको व्यवस्था गरेको छ ।

यस्तै, पालिकाको विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षामा जोड दिदैं शैक्षिक क्षेत्रमा आवश्यक सुधार कार्य गरीरहेको अध्यक्ष ओझाले भन्नुभयो । पालिकाका, अध्यक्ष ओझाले साढे ३ वर्षमा खेल्नु भएको भुमिका र विकास निर्माणको काम उत्तिकै अनुकरणीय छ । स्थानीय सरकारकारको गठन पछि आम नागरिकहरुको अपेक्षा जे थियो त्यसलाई कदर गर्दै पालिकाको स्रोत साधनले भ्याएसम्म र आफुले सक्दो काम गरेको अध्यक्ष ओझाले बताउनु भयो ।

विश्वइवापी रुपमा फैलिएको कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आम सतर्कता अपनाएको थियो । बाहिरबाट आएका नागरिकहरुको लागि पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको पालिकाका, अध्यक्ष ओझाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्