चौतर्फी विकासको काममा अघि बढ्दैं: सुनछहरी गाउँपालिका

चौतर्फी विकासको काममा अघि बढ्दैं: सुनछहरी गाउँपालिका

कविता पोखरेल
माघ २२, सुनछहरी गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनसँगै रोल्पा जिल्लाको सुनछहरी गाउँपालिकामा विकासको निर्माणको काम चौतर्फी रुपमा भईरहेको छ । निर्माण भएका सडकलाई आवश्यक सुधार गर्ने र सडक नपुगेको ठाउँमा निर्माण गर्ने काम भईरहेको पालिकाका, अध्यक्ष आश बहादुर पुनमगरले भन्नुभयो ।

आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाको सम्पुर्ण वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउने लक्ष्य राखेको अवस्था । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हट्नेछ । पालिकाको सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षाको व्यवस्था गरेको छ । यस्तै, कृषि क्षेत्र अन्तर्गत किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका सााथैं युवाजनशक्तिहरुलाई पशुपालनमा विशेष जोड दिएको छ ।

देशमा बालविवाह बढीरहेको बेला यस पालिकाले बालविवाह न्यूनीकरणको लागि आम नागरिकहरु समक्ष सचेतना गराएको छ । एक घर एक धाराको अवधारण अपनाई प्रत्येक टोलटोलमा खानेपानीको सुविधा पु¥याउदैं आइहेको अवस्था छ । स्थानी सरकार गठन भएका करिब साढे ३ वर्षको अबधिमा पालिकालाई समृद्धिको उचाईमा पु¥याउनको लागि पालिकाका, अध्यक्ष मगरले गर्नु भएको योजना र त्यसको कार्यान्वयन पनि त्यतिकै अनुकरणीय नै छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणको लागि पालिका आम नागरिकहरु समक्ष सचेतना गराएको थियो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र पिडीतहरुलाई खानाको व्यवस्था समेत गरेको अध्यक्ष मगरले जनाउनु भयो । आगामी दिनमा सबैको साथ सहयोग मिलेमा पालिका चाँडै समृद्धिको उचाईमा पुग्ने पालिकाका, अध्यक्ष मगर बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्