चौंतर्फी विकासको काम गर्दै ईशनाथ नगरपालिका

चौंतर्फी विकासको काम गर्दै ईशनाथ नगरपालिका

कविता पोखरेल
माघ १३, ईशनाथ नगरपालिका । मुलुकमा स्थानीय सरकारको व्यवस्थापन भएको करिब साढे ३ वर्ष भयो । कतिपय स्थानीय तहहरुमा विकास र निकासको कामले तिव्रता पाएसँगै समृद्धिको यात्रामा अघि बढीरहेको पाईन्छ । यसैं, सन्दर्भमा रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा पनि भौतिक पूर्वाधाहरुको काम वित्र गतिमा भइरहेको पाईन्छ ।

नगरमा सडक सञ्जाल नपुगेको ठाउँमा निर्माण गर्ने र निर्माण भएका सडकलाई आवश्यक सुधार गर्ने काम भइरहेको नगर प्रमुख सन्तोष कुमार मेहेताले भन्नुभयो । उक्त सडक निर्माण पछि आम सर्वसाधारणहरुलाई यात्राको लागि थप सहज हुने र विगतको जस्तो कठिनाई नहुने मेहेताले बताउनु भयो । नगरको सबै टोलटोलमा खानेपानी पु¥याउने उद्येश्यले एक घर एक धाराको खानेपानी अभियान सञ्चालन भएको छ ।

यस्तै, कृषि र शैक्षिक क्षेत्रमा पनी यस पालिकाले उदाहरणीय काम गरेको छ । किसानहरुलाई विभिन्न उन्नत जातको निःशुल्क विउ विजन वितरण गर्नुका साथैं नगरको सम्पूर्ण विद्यालयमा शैक्षिक गुणस्तर प्रदान गर्दै आइरहेको छ । नगर धार्मिक र ऐतिहासिक क्षेत्रको हिसाबले निकैं महत्वपूर्ण स्थान रहेको छ । सो क्षेत्रमा स्तरउन्नती गर्नको लागि नगरले विभिन्न मठ मन्दिरहरु निर्माण कार्र्य सम्पन्न गरेको छ ।

एक कुशल जनप्रतिनिधिको आगमनले यस नगरमा विगतको तुलननमा भन्दा विकास निर्माण कार्यमा परिवर्तन आएको स्थानीय वासिन्दाहरुको भनाई छ । आम जनताहरुको र जनप्रतिनिधिहरुको साथ सहयोगले नगर समृद्धिको उचाईमा अघि बढीरहेको नगरका नगर प्रमुख मेहताले विस्वास व्यक्त गर्नुभयो ।

नगरले कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण न्यूनीकरणको लागि आम नागरिकहरुलाई सचेतना गरेको थियो । कोरोनाबाट प्रभावित भएका नागरिकहरु र विपन्न परिवारहरुलाई विपतको समयमा दुई चरणमा राहत वितरण गरेको नगर प्रमुख मेहताले जनाउनु भयो । साथैं, बाहिरबाट आएकाहरुलाई सुविधा सम्पन्न २८ वडा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको थियौं नगर प्रमुख मेहताले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्