चुनावी वाचा पुरा हुने भएपछि, सांसद खड्का दङ्गै

चुनावी वाचा पुरा हुने भएपछि, सांसद खड्का दङ्गै

दोलखा । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दौरान जिल्लाको मेलुङ गाउँपालिकाका मतदाताहरु माझ पुगेका प्रदेशसभाका तत्कालिन उम्मेदवार विशाल खड्काले सोही गाउँपालिकाको सित्तलीदेखि बुद्धचोकसम्मको सडकलाई सहज र गुणस्तरिय बनाउन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यहि संकल्पलाई पुरा गर्न सम्बन्धित निकायमा धाइरहेका सांसद खड्काको अभियान, पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले आज सडक स्तरोन्नतिको लागि टेन्डर आव्हान गरेसँगै तार्किक निष्कर्षमा पुगेको छ ।

बागमति प्रदेशले गाउँपालिकासम्म पक्कि सडकको पहुँच विस्तार गर्ने योजना अनुरुप सो कार्य अगाडि बढाएको हो । आगमी १८ महिना भित्र स्तरउन्नति सम्पन्न गर्ने गरि सित्तली–मेलुङ–बुद्धचोक–भैसे सडकलाई स्तरिय बनाउने लक्ष्य राखिएको छ । करिव ११ किलोमिटर लम्बाईको यो सडक निर्माण गर्न करिव २६ करोड लाग्ने अनुमान गरिएको छ ।
टेन्डरको सूचना जारी भएपछि, खुशि व्यक्त गर्दै सांसद खड्काले, मेलुङका जनताहरुले सहजै सडक सुविधाको उपभोग गर्न र कृषि उत्पादनलाई नजिकको बजारसम्म विक्रि वितरण गर्दै आम्दानीलाई बृद्धि गर्न तथा पर्यटकहरुलाई भित्र्याउने सो सडक कोशेढुङ्गा सावित हुने धारणा राखे ।

558 total views, 3 views today

प्रतिक्रिया दिनुहोस्