चार हजार घुस खाने कर्मचारी पक्राउ

चार हजार घुस खाने कर्मचारी पक्राउ

कल्पना सापकाेटा, दोलखा। अन्तर्राष्ट्रिय समन्वय समाज दोलखाका प्रथम उपाध्यक्ष कुमार श्रेष्ठले घरेलु उद्योग मा कार्यरत पुष्कर अधिकारी लाई चार हजार घुस सहित रङ्गेहात फेला पारेका छन।

दोलखा जिल्ला गैरिमुदी स्थायी घर भएका कुमार श्रेष्ठले दोलखा चरिकोटमा सन्चालन गर्दै आउनुभएको आफ्नो होटेल कृश्टल फुडल्याण्ड होटेल एण्ड लज दर्ता गर्न जाने क्रम मा दर्ता गर्न २०१०० रुपैयाँ दर्ता गर्न लाग्छ भनेता पनि अन्तिम मा ४००० मा कुरो मिलाउदा पुष्कर अधिकारि आनकानी गर्दै सहमतिमा आएका थिए। कमिसन र घुसमा चल्ने अधिकारिको नियत प्रती चनाखो बन्दै ब्यबसायी कुमार श्रेष्ठले अन्तमा २०० को भए पनि प्रमणको लागि रसिद लिएका थिए ।

कानुनी रुपमा अघि बढन उपयुक्त ठानी प्रहरिलाई खबर गरेको कारण प्रहरिलेे निज घुश्याहालाई नगद सहित गिरफ्तार गराउन सफल भएकोमा खुशी भएको कुमार बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्