चारैतिर रविको चर्चा देखेपछि पूर्व पत्नीले यसो भनिन् !

चारैतिर रविको चर्चा देखेपछि पूर्व पत्नीले यसो भनिन् !

काठमाण्डौ। पछिल्लो समय सालिकराम प्रकरणको कारण टेलिभिजन कार्यक्रमका चर्चित प्रस्तोता पत्रकार रवि लामिछाने चर्चामा छन् । लामिछानेको चर्चा सालिकराम पुडासैनीको प्रकरणले मात्र हुने गरेको छैन । उनको चर्चा धेरै पहिले देखिनै बिभिन्न काम र कारणले चर्चा भैरहने गरेको थियो । उनले गरेका राम्रा कामको चर्चा पहिले यति धेरै नभए पनि पछिल्लो समय ‘सिधा कुरा जनतासंग’ को कार्यक्रमले उनलाई निकै उचाइमा पुर्यायो । उनलाई यो उचाइमा पुर्याएसंगै उनको अर्को चर्चा हुरीबतास जस्तै आइदियो त्यो थियो आफ्नै श्रीमतीका सम्बन्धका कारण ।

केहि समय अघि उनीहरुको सम्बन्धका बारेमा सामाजिक संजालमा छताछुल्ल भएको थियो जसका कारण रविलाई विवादमा ल्याउन खोजेको थियो तर पनि यो अवस्थालाइ रविले सजिलै सम्हाल्न सके । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा छुटेका लामिछानेप्रति लक्षित गरी पूर्व पत्नी ईशा लामिछानेले व्यंग्य गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटसमा लेखेकी छिन्– ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ ।’ रविले आफ्नो समर्थनमा जुटेकाहरुलाई जेलबाट छुटेपछि फूलमाला र अविर लगाएर नारायणी नदी किनारामा ‘धन्यवाद सभा’ दिए । तर, पूर्व पत्नी ईशाले भने उल्टै व्यङ्ग्य गरिन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्