चन्द्रागिरी नगरपालिकामा जन्डिस र हेपाटाइटिस बी सम्बन्धी सचेतना जगाइदै

चन्द्रागिरी नगरपालिकामा जन्डिस र हेपाटाइटिस बी सम्बन्धी सचेतना जगाइदै

काठमाडौ। काठमाडौको चन्द्रागिरी नगरपालिका र जनकल्याण नेपालको संयुक्त समन्वयमा जन्डिस र हेपाटाइटिस बी सम्बन्धी सचेतना सुरु गरिएको छ ।

सोही सचेतना कार्यक्रम अन्तरगत जेठ ८ गते चन्द्रागिरी नगरपालिकाको वडा नं १३ स्थित नैकाप स्वास्थ्य चौकी मा र ९ गते बिद्यामन्दिर मावीमा जन्डिस जाँच र हेपाटाइटिस बी स्कृनिङ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा  स्थानियहरुलाइ उपस्थित गराउने उद्देश्यले चन्द्रागिरी १३ वडा बाट रमा पनेरु ,उर्मिला पनेरु, इश्वरी पनेरु, बिना सिंह ठकुरी , कमला के शी , शोभा भट्ट , सुमित्रा दवाडी , बिमला गौतम ,प्रमिला बिडारी ,कल्पना थापा, महेश्वरि पन्त , मखन कार्की , कान्छी खत्री , र मिना पौडेल गरि १४ जना महिला स्वास्थ स्वयंसेविकाहरु घर दैलो अभियान मा निस्कनु भएको थियो ।

घर दैलो अभियान का क्रममा अधिकांस सहभागिहुनेहरु निम्न स्तर को परिवार का सदस्य रहेको स्वास्थ स्वयंसेविका रमा पनेरु ले बताउनु भयो । उच्च स्तरका मानिसहरुले यस्ता कार्यक्रमलाई चासो नदिने गर्ने र उनिहरुले घमण्ड नै देखाउने गरेको उहाँको भनाई छ । “हेपाटाइटिस बी मानव जिवनका लागि एक खतरापूर्ण रोग हो यसको लक्षण त्यति सहजै पत्ता लगाउन सकिदैन हालसम्म १० जना रोगिहरु मध्य एक जनाले मात्रै थाहापाउने गरेको हुनाले जन्डिस जाँच र हेपाटाइटिस बी स्क्रिनिङ्ग कार्यक्रम समुदायमा अपरिहार्य छ” जनकल्याण नेपालकी प्रवन्ध निर्देशक कमला थापाले भन्नुभयो ।

कुनै सरकारी सहयोग र अन्य संस्था हरुको आर्थिक सहयोग बिना नै जनकल्याण नेपाल ले आफ्नै पहलमा सो कार्यक्रम आएको र रोग पत्तालगाइ रोगिका परिवारलाई बानी ब्यबहार मा परिवर्तन ल्याइ सुरक्षित राख्ने कार्यक्रम को मुख्य उद्देश्य रहेको निर्देशक थापाले बताउनु भयो । कार्यक्रम मा जनकल्याण नेपालको तर्फबाट लक्ष्मी घिमिरे , पबिता सुनार, संगिता पौडेल, पुष्कर राज भट्ट , मिलन राज ढुंगाना , र बिभा रानामगर सहित ६ जनाको उपस्थिती थियो ।

जन्डिस जाँच र हेपाटाइटिस बी स्क्रीनिङ्ग कार्यक्रम काठमाडौ उपत्यकामा २ बर्ष अघि देखि सुरुभएको संस्थाले जनाएको छ । हालसम्म ललितपुर र भक्तपुर जिल्लामा पुर्णरुपले सम्पन्न भैसकेको छ । जनकल्याण नेपालमा कार्यरत मेडिकल असिस्टेन्ट अर्थात ल्याब टेक्निसियन मिलन राज ढुंगानाका अनुसार हालसम्मको कार्यक्रममा मानिसको बाक्लै उपस्थिति रहेको छ ।

हेपाटाइटिस बी लगभग ५० प्रतिशत सम्म हुदापनी लक्षण देखिने गरेको छैन साथै कलेजोको रोग ७५ प्रतिशत सम्म लागिसकेको खण्डमा उपचार मा निकै समस्या हुनेगरेको जनकल्याण नेपालमा कार्यरत सिएमए बिभा रानामगरले बताउनु भयो । उहाँका अनुसार हालसम्म को तथ्यांक अनुसार सबैभन्दा बढी हेपाटाइटिस बी संक्रमित मानिसहरु जोरपाटीमा भेटिएका थिए । कार्यक्रम बाट पत्ता लागेका संक्रमितहरुलाइ निशुल्क चारवटा हेपाटाइटिस बी विरुद्ध को सुइ प्रदान गरिने छ ।

साथै जनताको स्वास्थ स्थितिलाई मध्यनजर गरि संक्रमित का परिवारलाई समयमै सुरक्षीत बनाउने कार्यक्रमको उद्देश्य रहेको रानामगरको जोड छ । “स्वास्थको लागि सहकार्य गरौं हेपाटाइटिस बी मुक्त नेपाल बनाउन सहयोग गरौ” भन्ने मुलनाराका साथ संचालित सो कार्यक्रम अहिले चन्द्रागिरी नगरपालिका सहित काठमाडौ महानगरपालिकाहरुमा समेत संचालन भैरहेको छ । चन्द्रागिरी नगरपालिकामा वडा नं १५, ११ १०,७,५,२,हुँदै हाल १३ नं वडामा सन्चालन भैरहेको संस्थाले जनाएको छ ।

जेठ ८ र ९ गते चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकाप स्थित स्वास्थ्य चौकी र बिधामन्दिर माध्यामिक बिधालयमा सन्चालन भएको र अब अन्य बिधालयहरुमा समन्वय गरेर कार्यक्रम संचालन गरिने बताइएको छ । चन्द्रागिरी नगरपालिका १३ स्थित नैकाप स्वास्थ चौकिमा जेठ ८ गते छुटेकाहरुलाइ मध्यनजर गरि पुनः जेठ १८गते शनिवार पुरानो नैकाप स्थित नैकाप स्वास्थ चौकिमा सन्चालन हुने संस्थाले जनाएको छ । समयमै जन्डिस र हेपाटाइटिस बी जाँच गराइ आफू सहित परिवार र समुदायलाइ समेत सुरक्षित राख्न सबै समुदाय का मानिसहरुलाइ जनकल्याण नेपाल ले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्