घट्यो सुनको मूल्य, हेर्नुहोस कति पुग्यो ?

घट्यो सुनको मूल्य, हेर्नुहोस कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ । छापावाला सुनको मूल्य ७२ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला एक हजार रुपैयाँले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार एकसय रुपैयाँ कायम भएको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार १०० रुपैयाँ थियो ।  चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । स्थानीय बजारमा चाँदी प्रतितोला १० रुपैयाँ घटेर ८ सय ८५ रुपैयाँ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्