गोकुलगंगा गाउँपालिकामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाईयो

गोकुलगंगा गाउँपालिकामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाईयो

रामेछाप । संविधान दिवसको अवसरमा रामेछाप गोकुलगंगा गाउँपालिकाले पनि विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ । गाउँपालिकाको आयोजनामा आज बिहान प्रभातफेरी सहित चौथो संविधान दिवस मनाइएको छ ।

प्रभातफेरी कार्यक्रम पछि आयोजना गरीएको एक औपचारीक कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष खडुग सुनुवारले नेपाली जनताको त्याग र बलिदानी बाट आएको नेपालको संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भएको थियो । कार्यक्रममा गाँपालिका उपाध्यक्ष राधिका श्रेष्ठ, नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ, प्रकाश कुमार कार्की, वडा अध्यक्ष बलराम खड्का लगायतका जनप्रतिनिधि लगायतको स्थानीयको सहभागीता रहेको थियो । संविधान दिवसको अवसरमा गाउपालिका कार्यालय वरपर सरसफाई गरीएको अध्यक्ष सुनुवारले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्