गुरु र शिष्यको कथा जस्तै, नेकपामा प्रदेश राजधानी सम्बन्धी निर्देशन

गुरु र शिष्यको कथा जस्तै, नेकपामा प्रदेश राजधानी सम्बन्धी निर्देशन

पौष २३ । गुरु र शिष्यको सम्बन्ध अलौकिक हुन्छ भन्ने कुरा प्रमाणित नै छ । पाठ्य पुस्तकहरुमा पनि भेटिने गुरु र शिष्यको सम्बन्ध गुरुले दिने निर्देशन र शिष्यले त्यसको सहि विश्लेषण गरेर गर्ने आज्ञाको पालन पौराणिककाल देखि नै चर्चित छ । त्यस्तै, किसिमको पृष्ठभूमिमा प्रदेश नं. ३ को राजधानी चयन गर्ने प्रकृया अहिले अगाडि बढिरहेको छ ।

नेकपाले आफ्ना शिष्यहरुको वौद्धिक क्षमताको जाँच गर्न र अन्याय, न्याय छुट्याउन सक्ने विवेक छ छ्रैन् भनेर अहिले त्यस्तै किसिमको सर्लकुलर जारी गरेको छ । अव कुन शिष्यले के गर्छ भन्ने कुरा हेर्न बाँकी छ । विवेक लगाएर अर्थपूर्ण र न्यायिक ढंगले काम गर्छ कि यान्त्रिक भएर निर्देशन मात्र पालना गर्छ ?

धेरै पहिला आश्रममा पढिरहेका शिष्यहरुलाई गुरुले परीक्षा लिने मनशायले मलाई भोक लाग्यो, म बुढो भए जाउँ जसरी पनि केहि लिएर आउ भनेर निर्देशन दिएछन् । सबैले चोरेर, लुटेर वा मागेर केहि न केहि ल्याउछन् तर एक जना शिष्य टाउको झुकाएर त्यहि बसिरहे । अनि गुरुले भन्छन्, तिमिले मेरो निर्देशन नमान्ने ? शिष्यले गुरुलाई सम्झाउदै भन्छन् गुरु हजुरले नै भन्नु भएको होइन कसैलाई वाधा पुग्ने र असर पुग्ने काम गर्नु हुँदैन सोच विचार गरि काम गर्नुपर्दछ भनेर अनि हजुरकै भाव विपरित म कसरी अन्यायपूर्ण काम गर्न जाउँ त ? तब गुरुले सबैलाई भेला पारेर भनेछन् । कम्तीमा एकजनाले त मैले सिकाउन खोजेको कुरा बुझेछ, खै तिमिहरुले सार कुरा बुझेको ?

त्यस्तै, सत्ताधारी पार्टी नेकपाका शिर्ष नेताहरुले आफ्ना प्रदेश नं. ३ का नेता र सांसदहरुको विवेक र क्षमताको परीक्षा लिन प्रदेशको राजधानी एकदम अपायक पर्ने हेटौडालाई राख्नु पर्दछ भनेर त्यसैको पक्षमा मतदान गर्न निर्देश गरेको छ तर वास्तवमा यो गुरु नेतागणको शिष्यहरु माथि गरिएको एउटा परिक्षण मात्र हो । केहिले खाली निर्देशन पालन गर्लान केहिले सार कुरा बुझेर जनताको भावना अनुसारको निर्णय गर्लान , आखिर जनताबाटै निर्वाचत सांसद भएकोले र गहिरो राजनितिक चेतनाका कारण कमैले मात्र खाक्रो निर्देशन मान्ने छन् बाँकी सबैले आफू माथि कलियुगमा लिएको परीक्षाको नतिजा पनि विवेकपूर्ण तरिकाले नै निकाल्छन् । यसको असली निर्णायक जनतानै हुन् ।

प्रतिक्रिया दिनुहोस्