गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा

गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा

चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा मंगलबार साँझ गरेको पत्रकारसम्मेलनमार्फत सरकारले विवादास्पद गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्। विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले बताइन् ।

राष्ट्रियसभामा विचाराधीन गुठी विधेयकका कारण करिब एक महिनादेखि सडक र सदन दुवै तातेको छ।  यसअघि मंगलबार दिउँसो संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गुठी विधेयक र युरोप भ्रमणबारे बोल्न खोज्दा प्रतिपक्षी कांग्रेसले अवरोध गरेको थियो।

प्रतिक्रिया दिनुहोस्