गीता कार्कीद्वारा रचित आमा किरणहरूको छालमा कवितासङ्ग्रहको विमोचन समारोह सम्पन्न

गीता कार्कीद्वारा रचित आमा किरणहरूको छालमा कवितासङ्ग्रहको विमोचन समारोह सम्पन्न

काठमाडौँ । प्रज्ञा भवनस्थित लेखनाथ प्रवचन कक्षमा एक कार्यक्रमको आयोजना भएको छ । उत्त कार्यक्रममा गीता कार्कीद्वारा रचित आमा किरणहरूको छालमा कवितासङ्ग्रहको विमोचन समारोह सम्पन्न भएको हो ।


साहित्य क्षेत्रमा निकै अगाडी रहनुभएकी कवियत्री कार्कीको यो पहिलो कृति भने होइन । यसअगाडी नै उहाँको मलाई अँध्यारो नै चाहिन्छ कवितासङ्ग्रह २०६२ , सालका ठुठा र एक टुक्रा घाम कवितासङ्ग्रह २०६६ , र आमा किरणहरूको छालमा कवितासङ्ग्रहको संविधान दिवसको अवसर पारी २०७६ असोज ३ गते काठमाडौँको प्रज्ञा भवनस्थित लेखनाथ प्रवचन कक्षमा सम्पन्न भएको छ । सो कार्यक्रममा ओम समाज डेन्टल अस्पतालका डक्टर सुवास घिमिरेले आफ्नो मन्तब्य राख्नुभएको थियो भने समालोचक लक्ष्मण गौतमले कविता वाचन गर्नुभएको थियो । साथै अन्य थुप्रै साहित्यकार हरूको उल्लेखनिय उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्