गल्छि गाउँपालिकाद्धारा बैरेनी बजार अनुगमन

गल्छि गाउँपालिकाद्धारा बैरेनी बजार अनुगमन

धार्के । धादिङको गल्छि गाउँपालिकाको आयोजनामा बैरेनी बजार अनुगमन कार्यक्रम भएको छ । नेपालको संविधानले व्यवस्था गरे अनुसार स्थानिय तहले बजार अनुगमन गरेको हो । गल्छि गाउँपालिक उद्योग शाखाको संयोजनमा बजार अनुगमन गरिएको गाउँपालिको उपाध्यक्ष राधा तिम्लसिनाले बताउनु भएको छ । असोज १३ र १४ गते दुई दिने बजार अनुगमन गरेर नागरिकहरु लाई उपभोग गर्ने बस्तुहरुका निग्रानी गरिएको हो ।


नेपालीहरुको महान पर्व दसैं सुरु भएपछि दैनिक उपभोग गर्ने खाद्यन्य बस्तुहरुको अनुगमन गरिएको छ । बैरेनी बजारका ६२ व्यवसायिक फर्महरुको अनसगमन गरिएको छ । अनुगमनको क्रममा व्यवसायिक फर्महरु दर्ता तथा नविकरण ,मूल्यसूची,सामानको मुल्य नाघेननाघेको अनुगमन गरिएको छ । दर्ता भई नविकरण नभएका लाई नविकरण गर्न आग्रह गरिएको तथा दर्ता नभएका फर्महरु लाई दर्ता गराउंन आग्रह गरिएको उपाध्यक्ष तिम्लसिनाले बताउनु भयो ।

कति पय पसलहरुका म्याद नाघेका सामानहरुलाई नष्ट गरिएको वडा नम्बर ६का वडा अध्यक्ष राजन श्रेष्ठले जानकारी दिएनु भएको छ ।म्याद नाघेका सामान नराख्न आग्रह पनि गरिएको छ ।अनुगमन कार्यक्रममा उद्योग शाखाका प्रमुख सरिता गौतमको संयोजनमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधा तिम्लसिना ,वडा नम्बर १ का वडा अध्यक्ष पूर्ण प्रसाद खतिवडा,वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्ठ,नि.प्रशासकिय अधिकृत बुद्धि प्रसाद भट्ट, प्रहरी चौर्की बैरेनीका प्रमुख जनक बस्नेत,कार्यालयका कर्मचारी लगायतको सहभागीता रहेको वडा अध्यक्ष राजन श्रेष्ठले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्