गरिब तथा विपन्न वर्गका व्यक्तिहरू धेरै प्रभावित भएका छन्ः वडाध्यक्ष मिश्र

गरिब तथा विपन्न वर्गका व्यक्तिहरू धेरै प्रभावित भएका छन्ः वडाध्यक्ष मिश्र

लालपुर, कपिलवस्तु । शिवराज नगरपालिकाको वडा नं. १० ले कोरानाको सामना गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको वडा अध्यक्ष मञ्जु मिश्रले बताउनुभयो । हालसम्म वडामा कोही पनि संक्रमण नभएकाले कोरोनाको असर नपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म यस वडाभित्र संक्रमित नभएको कारणले त्यस्तो प्रभाव परेको छैन । बाहिरबाट आउने व्यक्तिहरूलाई नगरपालिकाको क्वारेन्टाइनमा १४ दिन राखेर पि.सि.आर परीक्षण गरी रिर्पोट अनुसार काम कार्वाही गर्ने व्यवस्था छ । ’

महामारीले गर्दा धेरै समस्या भइरहेको मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस वडामा संक्रमित नभएतापनि सहज र सरल रुपमा यहाँका नागरिकहरुले काम गर्न पाएका छैनन् । यसले गर्दा एकदमै नराम्रो महशुस भइराखेको छ ।’ कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले टोल टोलमा गएर यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले जानकारी गराउनुभयो । महामारीले गर्दा विकास निर्माणका काम समयमा हुन नपाएको गुनासो उहाँले राख्नुभयो । लकडाउनले गर्दा गरिब विपन्न वर्गका मानिसहरुलाई निकै कष्टकर भएकाले भने जस्तो राहत वितरण गर्न नपाएकोमा दुःख व्यक्त गर्नुभयो । साथसाथै उहाँले प्रदेश र केन्द्र सरकारलाई राहतको थप अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्