सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा प्लास्टिक जन्य वस्तु निषेध

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा प्लास्टिक जन्य वस्तु निषेध

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाले प्लास्टिक जन्य वस्तुहरुलाई निषेध गरेको छ । गाँउपालिकाले एक सुचना जारी गर्दै गाँउपालिका भित्रका सर्वसाधरण लयायत सम्पूर्ण व्यावससायी हरुलाई प्लास्टिक जन्य बस्तुको प्रयोग तथा बिक्री बितरण नगर्न आह्वान गरिएको छ ।

जलवायु परिवर्तनका कारण हिमाल र वातावरणमा परेको असरलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । ३० काइक्रोन भन्दा कमको प्लास्टिक, कोक, फ्यान्टा, पेप्सी, मिरिन्डा, स्प्राईट लगायत प्लास्टिक जन्य पेय पदार्थ आयत नियन्त्रण गरी क्यानमा मात्र आयत तथा विक्री वितरण गर्न गाउँपालिकाले सुचना मार्फत जानकारी गराएको छ ।

गाउँपालिका भित्रका पेशा ब्यबसाय गर्ने व्यावसयीहरुले सन् २०२० को  जनवरी बाट पूर्ण रुप्मा लागु हुने गरि निर्णय पालना गर्न अनुरोध गरीएको छ । गाउँपालिकाले सन् २०२० जनवरी १ गते पश्चात वडा कार्यलय मार्फत प्रत्येक घरधुरीमा पाँच प्रकारका कपडाको झोला प्लाष्टिकको विकल्प रुपमा वितरण गरिने पनी गाउपालीका प्रबक्ता लाक्पा छिरी शेर्पाले नयाँपुल अनलाईनलाई जानकारी दिए ।

 

नेपालको सबै भन्दा बढि पर्यटक भित्रने र मुख्य आकर्षनको केन्द्र मानिएको खुम्बुपासाङमा सगरमाथा लगायत दर्जनौ हिमालहरु अवस्थित छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यलाई सरसाफाई गर्न नेपाल सरकार, सगरमाथा प्रदुशन नियन्त्रन समिति, विभिन्न संघ सस्था लगायतको ध्यान केन्द्रित भई रहेको समयमा गाउँपालिका को यो निर्णयबाट सकरात्मक असर पर्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्