खाँडादेवी गाँउपालिकाले राष्ट्रिय पर्वका रुपमा संविधान दिवस मनाउदै

खाँडादेवी गाँउपालिकाले राष्ट्रिय पर्वका रुपमा संविधान दिवस मनाउदै

काठमाडौं । खाँडादेवी गाँउपालिकाले संविधान दिवस २०७६लाई राष्ट्रिय पर्वका रुपमा मनाउने भएको छ । “संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं, घर घरमा दिपावली गरौं ।” भन्ने मुल नाराको साथ केन्द्र सरकारबाटनै राष्ट्रिय पर्वको रुपमा संविधान दिवस मनाउन पत्र आएकोले भब्य रुपले मनाउन लागीएको अध्यक्ष प्रेम तामाङले बताउनु भयो ।

संविधान दिवसको पहिलो दिन आज गाँउपालिका स्थित सरकारी तथा गैरसकारी सस्थाहरुमा राष्ट्रियगान बजाउने, सरफफाई गर्ने र सरकारी कार्यालय, उद्योग प्रतिष्ठान, शैक्षिक संस्थामा साँझ अनिवार्य दीपावली गर्न लगााउने र सर्वसाधरणलई समेत आव्हान गरीएको उहाले बताउनुभयो । खाँडादेवि गाँउपालिका वडा नं. ३, ५ र ६ को गाँउपालिकाको कार्यालयमा र बाकि वडाको वडा कार्यालहरु नै मनाउने निर्णय भएको छ ।

भोली अर्थात असोज ३ बिहान ८ बजे प्रभातफेरी र बिचार गोष्टिको कायृक्रम रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । साथै गाँउपालिकाका सम्पुर्ण बिद्यालयहरु तथा सरकारी तथा गैरसरकारी संस्थाहरुमा नेपालको राष्टिय झण्डा फहराउने, सहिदको आत्माको चिरशान्तिको कामना गर्ने लयायतको कार्यक्रम गर्ने निर्णय गरीएको छ ।
अन्तिम दिन गाँउपालिकाका बिद्यालयहरुका बीच संविधान दिवसकै सन्दर्भमा वादविवाद प्रतियोगिता गर्ने निर्णय गरीएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्